२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेकपाले गरेको बन्दको प्रभाव: नापी र मालपोतमा बम विस्फोट, दुई पक्राउ

२०७५, २९ श्रावण मंगलवार १७:१४

साउन २९, कालिकोट | नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोधमा आव्ह्रान गरेको नेपाल बन्दका क्रममा कालिकोटमा दुई ठाउँमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डको कालेखोला र जिल्ला मालपोत कार्यालयको हाताभित्रै नेकपाका कार्यकर्ताले प्रेसर कुकर बम बिस्फोट गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव निरीक्षक बिनोद शर्माले नेकपाका कार्यकर्ताले बन्दका क्रममा दुई ठाउँमा वम बिस्फोट गराएको पुष्टि गरे । ‘शुभकालिकाको कालेखोला र कालिकोटको मालपोत र नापी कार्यालयमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ’ उनले भने । बिस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले शान्नित्रिवेणी गाँउपालिका २३ बर्षिय काँशी दर्जीलाई बम बिस्फोट गराउँदै गर्दाको अवस्थामा सादा पोशाकका प्रहरीले पक्राउ गरेको उनले बताए ।

जिल्ला मालपोत र नापी कार्यालयको हाता भित्र भएको बिस्फोटमा संलग्न भएको भन्दै नेकपाका प्रवक्ता प्रकाण्डको गाउँ मालकोटका अनिपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख तपेन्द्रराज न्यौपानेले साढे दुई बजेतिर वम बिस्फोट गराएको बताए । कार्यालयमा सेवाग्राही धेरै भएकाले आफुहरु कार्यालयमा काम गरिहेको अवस्थामा एक्कासी कार्यालयको हाताभित्रै ठुलै आवाज आएपछि सेवाग्राही र कर्मचारीको भागाभाग भएको थियो ।

जिल्ला सदरमुकाम मान्ममा सबै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु सञ्चालन भए पनि गाउँका सबै शैक्षिक संस्थाहरु, अन्य बिभिन्न कार्यालयहरु र राजमार्ग पुरै ठप्प बनेको छ । प्रहरीका अनुसार प्रहरीले सुरक्षा दिने भनेपनि गाडी साहुहरुले सम्पत्तीको रक्षाका लागि राजमार्गमा गाडी गुडाउन सकेनन् । जिल्लाका कर्णाली राजमार्ग, कर्णाली करिडोरमा मंगलबार गाडी चलेनन् । सोमबार नेकपाले पत्रकार सम्मेलन गरी जिल्लाका सबै शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, बजार सबै क्षेत्र बन्द गर्न अपील गरेपनि मंगलबार जिल्ला सदरमुकामका सबै सरकारी तथा गैरसरकारी कार्यालय, बजार र शैक्षिक संस्थामा भने बन्दको कुनै प्रभाव परेन । बन्दको समयमा पनि जिल्ला सदरमुकामको व्यापार व्यवसाय र मानवीय चहलपहल पुरानै अवस्था रहेको थियो ।

यता नेकपाका जिल्ला सेक्रेटरी मुनिलाल ऐडि रणदीपले आफुहरुको शान्तिपूर्ण आन्दोलनको नेपाल बन्द रहेकाले कालेखोलामा भएको बिस्फोट आफुहरुले नगराएको दावी गरे । उनले आफुहरुले शान्तिपुर्ण रुपमा नेपाल बन्द आव्ह्रान गरेको र कालेखोला र जिल्ला सदरमुकाममा बिस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला