2026-09-13 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको त्रिवेणीमा द्धिपक्षीय बैठकको तयारी

साउन २९, कालिकोट | जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा पर्ने निकै लोकप्रिय पर्यटकीय क्षेत्र त्रिवेणीमा द्धिपक्षीय बैठक बस्ने भएको छ । कालिकोट अछाम र बाजुरा जिल्लाको सिमानामा पर्ने त्रिवेणी पाटनको विकासका लागि नरहरीनाथ गाउँपालिका र सान्नि त्रिवेणी गाउँपालिकाको आयोजनामा ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहित राष्ट्रिय प्राकृतिक संरक्षण कोषका सदस्य सचिव गोविन्द्र गजुरेल लगायतको उपस्थितिमा भद्रौ ८ गते द्धिपक्षीय बैठक बस्ने सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताए ।

ऐतिहासिक, धार्मिक महत्वसँग जोडिएको त्रिवेणी क्षेत्रको विकास नहुँदा ओझेलमा परेको शान्नित्रिवेणी गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र त्रिवेणीको प्रशस्त पर्यटकीय सम्भावना रहँदा पनि प्रचार–प्रसारको अभावमा यसको महत्व गुम्दै गएको त्रिवेणीसहित बाजुरा जिल्लामा रहेको धामिर्क क्षेत्र बडिमालिकाको विकाससंगै पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि बैठक बस्न लागेको उनले जानकारी दिए ।

त्रिवेणीसहित बडिमालिका क्षेत्रको महत्व र विकासलाई अगाडि बढाउन यहाँका स्थानीयबासीको सक्रियतामा परापुर्वक कालदेखि मेला  लाग्दै आएको छ । त्रिवेणी हँुदै बडिमालिका क्षेत्रसम्म पुग्न बाटोघाटोको समस्याका कारण यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व ओझेलमा पर्दै गएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट बताए । भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढे पनि पर्यटकीय आकर्षणको महत्व बढ्न सकेको छैन ।

पर्यटकको आकर्षण बढाउन पहिलो पटक द्धिपक्षीय बैठक बसी यहाँको विकास गरि बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्ले बैठक आयोजना गरिएको उनले बताए । विभिन्न पाटन र सुन्दरताले भरिएको उक्त क्षेत्रको विकासमा राज्यले चासो नदेखाएकाले द्धिपक्षीय बैठकको आयोजना गरि पर्यटकीय क्षेत्र त्रिवेणी र बडिमालिकाको विकास गर्नका लागि मुख्य मन्त्रीसहितको टोली त्रिवेणीमा आउने नरहरीनाथ गाउँपालिकाका प्रवक्ता गगनबहादुर फडेराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले