2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन ।” 

झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो । प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीय कैलाश जोशीको भनाइ रहेको छ । 

झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिलेसम्मका सरकारले आश्वासन दिएको भए पनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त पुल जीर्ण अवस्थामा रहेको छ । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ । 

झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ।” यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाइ रहेको छ । यो झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने पुल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको छैन ।” 

झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन् । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । विसं ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो । 

पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहँुदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । 

पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताउनुभयो । झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उहाँले भन्नुभयो, “पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ ।” पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ । 

पाटन–मेलौली बस सेवा बन्द 

केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क दशरथ चन्दले जानकारी दिनुभयो । उक्त सडक स्तरोन्नतिको काम हुँदा हिलाम्मे भएको उहाँले बताउनुभयो । 

मेलौलीदेखि शर्माली तथा पञ्चेश्वर सडक पनि हिलाम्मे हुँदा १५ दिनदेखि सवारी साधन चलाउन नसकिएको जीप सञ्चालक वीरेन्द्र महताले जानकारी दिनुभयो । पाटनदेखि मेलौलीसम्म जीप सञ्चालनमा रहेको भएपनि मेलौलीभन्दा तल जीप सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । 

सतबाँझ–श्रीभावर सडकमा पनि विगत ५ दिनदिनदेखि जीप सञ्चालनमा नआएका महाकाली यातायात सतबाँझका बुकिङ कलर्क कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो । लगातारको बर्षाले सडक हिलाम्मे हुँदा जीप सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । हिलाम्मे सडक त्यसैमा ट्याक्टर सञ्चालनमा हँुदा झनै समस्या हुने गरेको उहाँले बताउनुभयो । 

देहीमाडौँ–गिरेगडा सडकखण्डमा सवारी साधान सञ्चालनमा रहेको भए पनि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बैतडीका अधिकांश सडक पानी पर्दा बन्द हुने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर –कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाडौँ–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकमा बर्खाको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीले बताएका छन् । 

पाटन–पञ्चेश्वर सडक स्तारोन्नति तथा कालोपत्रेको काम हुँदा सवारी साधन सञ्चालन गर्न अप्ठ्यारो भएको छ । स्तरोन्नतिको काम तथा वर्षाले सडक हिलाम्मे हुने गरेको छ । महेन्द्रनगरदेखि मैलौलीसम्म दैनिक तीन बस सञ्चालनमा रहेका थिए । साउन पहिलो हप्तादेखि सेवा बन्द हुँदा यात्रुलाई समस्या भएको मेलौलीका स्थानीय सुरत पार्कीले बताउनुभयो । उक्त सडकखण्डका हाल करीब दुई दर्जन जीप सञ्चालनमा रहेका भए पनि बर्खाको समयमा सडक हिलाम्मे हँुदा जीपको यात्रासमेत जोखिमपूर्ण हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ