Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहले खर्च विवरण बुझाएनन्

२०७५, ८ भाद्र शुक्रबार ०५:५८

भदौ ८, बैतडी | कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । 

उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उहाँको भनाइ थियो । 

कार्यालय प्रमुख जोशीले भन्नुभयो, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् । 

गाउँपालिकामा तालाबन्दी 

सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । 

गत असारमै आर्थिक वर्ष ०७४÷७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन महिनाको शुरुदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दै आएकामा बेवास्था गरिएकाले तालाबन्दी गर्न बाध्य भएको सुर्नया कृषि अभियान युवा क्लबका अध्यक्ष नरेश बिष्टले बताउनुभयो । 

यसअघि उक्त क्लबले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरी युवाका माग गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरे पनि गाँउपालिकाले आगामी आव ०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा शब्दसमेत उल्लेख नभएको युवाले बताएका छन् । 

गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारीका तर्फबाट जवाफ दिने प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ३५ दिने तालीमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ