२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको दोगडाकेदारमा डेढसय घर उच्च जोखिममा

८ भाद्र २०७५, शुक्रबार ११:२३

भदौ ८, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ । 

विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताउनुभयो । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा परेका छन् । पहिरोले बस्तीका पुरै घर बाङ्गा भइसकेको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । भित्र कमेरोयुक्त माटो भएका कारण जमीन भासिँदै गएको र त्यसले घर बाङ्गा हुँदै गएका छन् । उहाँले भन्नुभयो, “पहिरोले पुरै गाउँ विस्थापित हुने अवस्थामा छ, लगातारको वर्षाले गाउँ नै पहिरोको जोखिममा छ ।” बस्ती तलतिरबाट जमीन भासिएपछि जोखिम बढेको हो । 

तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बासिन्दा वीरसिंह भण्डारीले बताउनुभयो । पहिरोले प्रत्येक वर्ष खानेपानी, पानीघट्ट लगायतका संरचना बगाएको छ । उहाँले भन्नुभयो, “अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ ।” 

लगातारको वर्षाले स्थानीय बासिन्दा लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको स्थानीय रामदत्त जोशीले बताउनुभयो । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारलाई समस्या भएको छ । आर्थिक अवस्था राम्रा भएकाले बसाइँसराइ गरिसकेका छन् भने कमजोर भएका जोखिममा बस्न बाध्य भएका स्थानीय नैनसिंह गोयलाले जानकारी दिनुभयो । सो ठाउँका १५ बढी परिवारले बसाइँसराइसमेत गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र