Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको दोगडाकेदारमा डेढसय घर उच्च जोखिममा

२०७५, ८ भाद्र शुक्रबार ११:२३

भदौ ८, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ । 

विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताउनुभयो । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा परेका छन् । पहिरोले बस्तीका पुरै घर बाङ्गा भइसकेको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । भित्र कमेरोयुक्त माटो भएका कारण जमीन भासिँदै गएको र त्यसले घर बाङ्गा हुँदै गएका छन् । उहाँले भन्नुभयो, “पहिरोले पुरै गाउँ विस्थापित हुने अवस्थामा छ, लगातारको वर्षाले गाउँ नै पहिरोको जोखिममा छ ।” बस्ती तलतिरबाट जमीन भासिएपछि जोखिम बढेको हो । 

तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बासिन्दा वीरसिंह भण्डारीले बताउनुभयो । पहिरोले प्रत्येक वर्ष खानेपानी, पानीघट्ट लगायतका संरचना बगाएको छ । उहाँले भन्नुभयो, “अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ ।” 

लगातारको वर्षाले स्थानीय बासिन्दा लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको स्थानीय रामदत्त जोशीले बताउनुभयो । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारलाई समस्या भएको छ । आर्थिक अवस्था राम्रा भएकाले बसाइँसराइ गरिसकेका छन् भने कमजोर भएका जोखिममा बस्न बाध्य भएका स्थानीय नैनसिंह गोयलाले जानकारी दिनुभयो । सो ठाउँका १५ बढी परिवारले बसाइँसराइसमेत गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ