२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चौदशी मेलामा श्रद्धालुको भीड

२०७५, ९ भाद्र शनिबार १४:५६

भदौ ९, कालिकोट | पश्चिम नेपाल धार्मिक मठमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जनैपूर्णिमा अघिल्लो दिन चतुर्दशीमा लाग्ने ‘चौदशी’ मेलामा सहभागी हुन उनीहरू तीर्थस्थल पुगेका हुन् ।

पश्चिम नेपालको सबैभन्दा ठूलो देवीको मन्दिर बडिमालिका पुगेका कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले भने, ‘बिहानैदेखि यहाँका देवीको पूजा गर्नेको घुइँचो लागेको छ’ उनले भने,‘श्रावण शुक्ल चतुर्दशीका अवसर पारेर यहाँ ठूलो मेला लाग्छ ।’ कालिकोट र दैलेखको सिमानामा पर्ने महावुमा पनि पनि तीर्थालुहरुले बिहानैदेखि पूजाआजा शुरु भएको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए । मुगुको मुगमकार्मारोङ गाउँपालिकाको डोल्फुस्थित छायानाथ मन्दिरमा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । 

जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट पूजाआजा गर्ने धेरै रहेको मुगुका पत्रकार कविराज कार्कीले बताए । ‘मन्दिरमा एक सातासम्म धामीझाँक्रीसहित तीर्थालुको मेला लाग्छ’, उनले भने,‘यहाँ सतीदेवीको अंगपतन भएको विश्वास गरिन्छ ।’ त्यस्तै कालिकोट र अछामको सीमास्थित रूपादेवी मन्दिरमा पनि बिहानैदेखि तीर्थालुको घुइँचो लागेको अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का वडाध्यक्ष तारा संज्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला