2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो

भदौ २८, बैतडी | बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।

आर्थिक वर्ष २०७१–७२ मा १६ जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष २०७२–७३ मा यो संख्या बढेर २९ जना पुग्यो। आव २०७३–७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो। गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ। 

जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालु आवको आजको दिनसम्म ३ जनाले आत्महत्या गरी मृत्युवरण गरेका छन्। बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरू बताउँछन्। 

बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताउछन्। उनी भन्छन्,“घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्याको दर पनि घट्छ। यसको रोकथाम गर्नु समग्र समाजको दायित्व भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ।” 

आत्महत्याका घटना बढ्नु जानाका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताउछन्। उनी आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने विचार राख्छन्। टिपसका अनुसार देशभर आव २०७४–७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए। (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ