2026-10-31 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

निर्मलाको निम्ती न्याय माग गर्दै कपिलवस्तुमा पनि प्रदर्शन (हेर्नुहोस् ५ तस्विर)

माधव बेल्वासे | असोज १, कपिलवस्तु | कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलत्कार पछि हत्याभएको घटनाको ५४ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै कपिलवस्तुका कृयासिल संस्थाहरुले सरकारको आलोचना गर्दै कालोपट्टी वाधेर मौन र्याली  गरेका छन ।

निर्मला पन्तको बलत्कार पछि भएको हत्याको घटनाको सत्यतत्य बाहिर ल्याउन सरकारलाई दवाव स्वरुप सो आन्दोलन गरिएको हो । देश भर बालिकाहरुमाथी एक पछि अर्कोगर्दै  बलत्कारका घटना भइरहेको अवस्थामा निर्मला पन्तको बलत्कार पछि गरिएको हत्यामा संलग्न अपराधीहरु खुलियम हिडिरहेको भन्दै तत्काल अनुसन्धान गरी अपराधिलाई पक्राउ गर्न आग्रह गरिएको छ ।

दुई महिना सम्म पनि सत्यतथ्य बाहिर नआउनु तथा प्रहरीहरुको मिलोमतोमा घटनाका प्रमाण लुकाउने तथा न्यायका लागी आवाज उठाउनेहरुलाई धम्काउने जस्ता कृयाकलापको भ्रत्सना गर्दै निर्मला परिवारको न्यायका लागी दवाव मुलक कार्य गरिएको मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले वताए । उनले भने “जनताले निर्मला हत्यारालाई सार्वजनिक गर्न माग गरिरहेको अवस्थामा सरकारले गम्भीर रुपमा नलिनु गलत हो”

महिलाहरुले प्लेकार्ड वोकर हातमा कालोपट्टी वाधेर सडकमा उत्रिएका थिए । महिलाहरु माथि दमन नियन्त्रण हुन नसकेको भन्दै अपराधिलाई सरकारले लुकाउन खोज्नु गलत भएको र निर्मला परिवारले न्याय पाउनुपर्ने महिला अधिकारीर्की मिना परियारको भनाई रहेको छ ।

महिलालाई सम्मान गर,वलत्कार बन्द गर,निर्मला हत्यरालाई कारवाहि गर लगाएतका प्लेकार्ड वोकेर कपिलवस्तुको चन्द्रौटामा नागरिक सडकमा उत्रिएका हुन । निर्मला काण्डले देश नै शोकमा रहेको भन्दै युवा नेता अजय थापाले निर्मलाको वास्तविक हत्यारालाई पक्राउ गर्नुपर्र्ने वताए ।

कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय