२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

इस्कुस बिक्रीबाट आम्दानी

२० आश्विन २०७५, शनिबार ०८:४३

असोज २०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् । 

भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासी हीराबहादुर मगरले एक महिनाभित्रै रु ६० हजारबराबरको इस्कुस बिक्री गरिसकेको मगर बताउनुहुनछ । त्रियुगा नगरपालिका–१४ साउनेका रेखबहादुर सिंजाली मगरले पनि भदौको दोस्रो हप्तादेखि आफूले उत्पादित ्इस्कुस बिक्री गरेर अहिलेसम्ममा रु ४० हजार बराबरको इस्कुस बिक्री गरिसकेको रेखबहादुर बताउनुहुन्छ । 

रेखबहादुर भन्नुहुन्छ,“ दशैँं तिहार जस्तो चाड नजिकै आउँदै छ, यही इस्कुस बिक्री गरेर आफूले दशैँंैं खर्च व्यवस्थापन गर्नुपर्ने र घरका नानीको लागि केही पढाइ खर्च धान्नुपर्ने बाध्यता रहेको छ, इस्कुस उत्पादनसँगै अहिले बिक्री शुरु भएर राम्रो आम्दानी हुन थालेका कारण दशैँं खर्च र नानीको पढाइ खर्च धान्ने योजनामा छु ।” 

वर्षेनी इस्कुस उत्पादनबाट राम्रो आर्थिक आम्दानी गरेर घरखर्च धान्दै आएका यस क्षेत्रका कृषकले यसपटक पनि दशैँं नजिकै आउन लागेसँगै इस्कुस बिक्री पनि बढ्दै गएका कारण बिक्रीबाट दशैँं तिहारको खर्च धान्ने पक्षमा आफू रहेको इस्कुुस उत्पादक कृषक बताउनुहुन्छ् । 

यसक्षेत्रको भौगोलिक बनावट नै पाखा भिरालो जग्गा रहेको र अन्य अन्नबाली धेरै उत्पादन नभए पनि जिल्लाको रौता क्षेत्र, साउने खाँबु क्षेत्र परिचित हुँदै आएको खाँबु डहरका शिक्षक जीतमान राई बताउनुहुन्छ । यहाँ उत्पादन हुने इस्कुस अहिले जिल्लाको सदरमुकाम गाईघाट हुँदै सिरहाको लहान, सप्तरीको राजविराज, सिरहा बजारसम्म पैठारी हुने गरेको रौता चिसापानीका शिवप्रसाद काफ्लेको भनाइ छ । 

यातायातको सुविधा गाउँ–गाउँसम्म पुगेपछि इस्कुस खरीद गर्न सिरहा, सप्तरी जिल्लाको सदमुकाम गाईघाटदेखि तरकारी व्यापारी गाउँको घर–घर गाडी लिएर आउने गरेपछि अहिले यस क्षेत्रमा उत्पादित इस्कुसले बिक्रीको लागि राम्रो बजार पाएको रौता बोलुङखाका हर्कशेर राई बताउनुहुन्छ । 

खाँबुका खम्बबहादुर मगरका अनुसार यस क्षेत्रमा अहिले सेतो इस्कुस, ठूलो काँढे इस्कुस र साना घरेलु प्रजातिका इस्कुस उत्पादन हुँदै आएका छन् । गाउँमा सडक पुग्नु, इस्कुसको उत्पादन राम्रो हुनु र इस्कुसले राम्रो बजार पाउने गरेका कारण यस क्षेत्रका कृषकले इस्कुस बिक्रीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्ने गरेको स्वयं इस्कुस उत्पादक कृषक बताउँछन् । 

अहिले इस्कुसको उत्पादन पछि बिक्रीको सिजन शुरु भएसँगै यसक्षेत्रका इस्कुस उत्पादक कृषकले इस्कुस बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन समेत शुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य