२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहिरिए नेपाल आइडलकै पहिलो ‘गोल्डेन माइक होल्डर’ मीनराज

२०७५, २६ आश्विन शुक्रबार १८:१४

असोज २७, काठमाडौँ | ख्यातिप्राप्त टेलिभिजन सो 'नेपाल आइडल' सिजन २ को २०औं एपिसोडबाट  'गोल्डेन माइक होल्डर' मीनराज पौडेल बाहिरिएका छन् । प्रतियोगीको बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो । बिहिबार स्वास्थ्यका कारण मीनराजले गीतनै गाउन सकेनन् । त्यसैको कारण पनि हुन सक्छ मिनराजले पब्लिक भोट अरु प्रतिष्पर्धीले जस्तो पाउन असमार्थ भए । जसको कारण शुक्रबार उनि बाहिरिएको घोषणा गरियो । 

कार्यक्रमकै दौरानमा एकाएक माहोल सुनसान भयो । प्रतिस्पर्धी सबैले शुक्रबारको आफ्नो प्रस्तुति सकेपछि उद्घोषकले जब मञ्चबाट बाहिरिने चितवनका मीनराज पौडेलको नाम लिएका थिए । त्यसपछि उनका सबै साथी भक्कानिँदै रुन थाले । साथिहरुले मीनराजलाई अँगालो हालेर आत्मीयता दर्शाइरहेका थिए । मीनराज भने आँखाबाट खस्न लागेको आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरिरहेका थिए । सबै भावविह्वल थिए। जजहरू पनि निःशब्द थिए । मीनराजलाई सम्झाउन कसैले शब्द निकाल्न सकिरहेका थिएनन्। मेगा अडिसनमा पहिलोपटक गोल्डेन माइक जितेर उनी सीधै टप १२ मा सहभागी भएका थिए । 

उनले नै नेपाल आइडलको इतिहाँसमा पहिलो गोल्डन माइक प्राप्त गरेका थिए । अघिल्लो सिजनमा गोल्डन माइकको व्यवस्था थिएन । गोल्डन माइक पाउने सिधै टप १२ मा आउने नयाँ नियम छ । 


‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति