2026-10-10 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज र सिमरनलाई

असोज २७, काठमाडौं | ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले जितेका छन् । खेमराजले फोटोजेनिक सहित मिष्टर तर्फको शिर्ष उपाधि चुम्दा सिमरन क्याटवाक र फोटोजेनिक सहित मिस तर्फको शिर्ष बिजेता चुनिइन् ।

शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अबेरसाँझ सम्पन्न प्रतियोगीतामा मिस्टर टिन तर्फ र्यापवाक र फेसबुक च्वाइस टाइटल उपाधि सहित सन्तोस कुमार गुप्ता फष्टरनरअफ, कुमार राणा मिष्टर ट्यालेन्ट र पपुलर सहित सेकेन्ड रहनरअप घोषित भए । कार्यक्रममा किरण सापकोटाले भने पब्लिक च्वाइस र युट्युव बेष्टभियुर उपाधिमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै मिस टिज तर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नती कटुवाल क्रमस फष्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए । खड्काले बेष्टस्माइल, मिश्राले बेष्टस्पिच, कुटुवालले मष्टगर्जियस उपाधि समेत हात पर्दा अंजिता ठकुरी पब्लिक च्वाइस र फेसन आइकन उपाधि बिजेता बनिन् ।

यहि प्रतियोगीता अन्तर्गत भरोसा दाहालले मिस ट्यालेन्ट र फेसबुक च्वाइस, बर्षा सुनुवारले बेष्टडान्स, रिदीमा आरल शाही बेष्टस्कीन, मनिषा गिरीले मष्टपपुलर, म्यानेजमेन्ट च्वाइस र युट्युव बेष्टभ्युर, इश्वरी श्रेष्ठले मष्टफ्रेण्डी, प्रियंका सुब्बाले बेष्टफिजिक र इन्दिरा पन्थले मिस कन्जिनियालिटीको उपाधि हात पार्न सफल भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना तथा आशिष मिश्र कार्यक्रम निर्देशक रहेको समारोहमा ‘मिसेस युनिभर्सल नेपाल २०१८’ समेत छानिएको थियो ।

जसमा सुस्मा लामाले बेष्ट सिङ्गर सहित ‘मिसेस युनिभर्सल नेपाल २०१८’को ताज हासिल गरिन् । यहि प्रतियोगीता अन्तर्गत बेष्टडान्स सहित सुहिना अधिकारी फष्टरनरअप, बेष्टस्माइल सहित रिना खड्गी सेकेन्ड रनरअप र मिसेस ट्यालेन्ट, पपुलर र फोटोजेनिक सहित सम्झना बस्नेत थर्ड रनरअफ घोषित भए ।

अश्विनी कान्त झाको कोरियोग्राफी र सुचित फुयाल प्रस्तोता रहेको कार्यक्रममा हिमानी गाँह थापाले पब्लिक च्वाइस सहित फेसबुक च्वाइस र मष्टक्रियटिभ उपाधि आफ्नो पोल्टामा पारिन् ।

यहि प्रतियोगीतामा सुनैमी थापा राईले बेष्टर्याप वाक, देबी महर्जनले मस्टगर्जियस, दीपिका सुवालले बेष्टपर्सनालिटी र युट्युव बेष्टभ्युर, समि तामाङले भ्लोन बेष्टस्क्रिन, लक्ष्मी लामाले बेष्टहेयर उपाधि हात पर्दा सविना थापा म्यानेजमेन्ट च्वाइस बिजेता बनिन् ।

बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगीतामा अभिनेता आयुस रिजाल, गजित बिष्ट, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेसनल २०१७ बिजेता सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ की बिजेता एलिजा महर्जन निर्णायकको रुपमा रहेका थिए ।

सबै प्रतियोगीताको शिर्ष बिजेताले बिभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा