2026-10-31 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटामा सदभावसहितको वृहत सराय जात्रा निकालियो

माधव बेल्वासे | कार्तिक ५, कपिलवस्तु | सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको हो । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा पनि मनाइन थालिएको छ ।

घटस्थापनाको दिन पुजा आजा सहित राखिएको दुर्गा भवानीको हातहतियार  आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच नाच्ने गरिन्छ  ।  चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत एक दशक यता यो सराय नाच नाच्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारा पौडेलले बताए । पहाडका विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैको बेला नाच्ने सराय जात्राले यहाँ बसोबास गर्ने सम्पूर्णमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सराय जात्राले महत्वपूर्ण भूमिका खेलेको पौडेलले जनाए ।

महान पर्वको अवशरमा चन्द्रौटामा गरिने सरायजात्राले यस क्षेत्रमा वसोबास गर्ने समुदायहरुमा भारइचाराको सम्वन्ध स्थापित हुने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वताइन । “हामी सवैले यस पर्वलाई सदभावको रुपमा ल्याउन जरुरी छ यसलाई नगरपालिकाले नै सदभावको रुपमा हेरेको छ”उनले भनिन् ।

सोमबार दिउँसो दुर्गा मन्दिरबाट निकालिइको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरुमा पुगि त्यहाँबाट फुलपाति लिएर पुन बजार परिक्रमा गर्दै राष्ट्रिय मा.वि. पछाडीको जवाई नदीमा फुलपाती सेलाउने र घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्तयाइने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नेत्र प्रसाद वेल्वासेले बताए ।

सराय नाचले यस क्षेत्रमा सामाजिक , धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने कार्य गरेको  व्यापार संघ कपिलवस्तुका अध्यक्ष  महादेव पोखरेलले जनाए ।

दशैंको मनोरन्जन मात्रै नभइ हाम्रो संस्कृति परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस्ता संस्कृति धार्मिक जात्राहरु गर्नु आवश्यक रहेको पोखरेलले बताए ।  हजारौं भक्तजनहरुको सहभागितामा भएको सराय जात्रा जवाइ नदीमा लगेर विर्सजन गरि समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय