2026-07-04 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने

2018-10-23

कात्तिक ६, मकवापनुर | आगामी १० कात्तिकदेखि १८ गतेसम्म थाहा नगरपालिकाको  इन्द्रायणी चौरमा आयोजना हुने तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । 

महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ । थाहाका कलाकारहरुको संयोजन गायक रुपक उप्रेती र मुक्तिनाथ उप्रतीले गरिरहेका छन् । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत गायक गायिकाहरुको प्रस्तुती रहने पक्कापक्की भैसकेको छ । 

थाहाबाट आफ्नो ‘करिअर’ शुरु गरेका अन्य गायक÷गायिकाहरु पनि सम्पर्कमा आइरहेको संयोजक रुपक उप्रेतीले बताए । ‘महोत्सवको मिति नजिकिएको छ, हामीलाई थाहा भएसम्म सम्पर्क गरिरहेका छौं, एक दुईदिन भित्र स्थानीय कलाकारहरुको प्रस्तुती तालिकालाई अन्तिम रुप दिनेछौं,’ उनले भने । महोत्सवमा थाहाका कलाकारहरुको प्रस्तुतीको सम्बन्धमा छलफल गर्न आइतबार थाहा नगर उद्योग वाणिज्य संघको हलमा छलफल भएको थियो । छलफलमा कलाकारहरु, टिचर्स व्याण्ड, स्ट्रङ सोउल डान्स क्र्यू लगायत सहभागी थिए । 

महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ । काठमाण्डौ र बाहिरबाट आउने कलाकारहरुको समयसँग नजुधाई थाहाका कलाकारहरुको प्रस्तुती समय मिलाइने आयोजकले बताएको छ । महोत्सवमा लोकप्रिय गायकहरु प्रमोद खरेल, बद्रि पङ्गेनी, उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायत कलाकारहरु आउनेछन् । त्यस्तै बाल कलाकार अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ । त्यस्तै चर्चित नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकारहरु आउने पक्का भएको छ । थाहाका कलाकारहरुको प्रस्तुती उजागर गर्न, उनीहरुलाई अन्य राष्ट्रिय कलाकारहरुसँग घनिष्ठ बनाउन र कलाकारहरुमार्फत् पर्यटन प्रवर्धनमा टेवा पुर्याउन हरेक दिन दर्जनौं कलाकारहरुलाई प्रस्तुतीका लागि उतार्न लागिएको महासचिब प्रधानले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो