२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने

६ कार्तिक २०७५, मंगलवार ०७:४६

कात्तिक ६, मकवापनुर | आगामी १० कात्तिकदेखि १८ गतेसम्म थाहा नगरपालिकाको  इन्द्रायणी चौरमा आयोजना हुने तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । 

महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ । थाहाका कलाकारहरुको संयोजन गायक रुपक उप्रेती र मुक्तिनाथ उप्रतीले गरिरहेका छन् । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत गायक गायिकाहरुको प्रस्तुती रहने पक्कापक्की भैसकेको छ । 

थाहाबाट आफ्नो ‘करिअर’ शुरु गरेका अन्य गायक÷गायिकाहरु पनि सम्पर्कमा आइरहेको संयोजक रुपक उप्रेतीले बताए । ‘महोत्सवको मिति नजिकिएको छ, हामीलाई थाहा भएसम्म सम्पर्क गरिरहेका छौं, एक दुईदिन भित्र स्थानीय कलाकारहरुको प्रस्तुती तालिकालाई अन्तिम रुप दिनेछौं,’ उनले भने । महोत्सवमा थाहाका कलाकारहरुको प्रस्तुतीको सम्बन्धमा छलफल गर्न आइतबार थाहा नगर उद्योग वाणिज्य संघको हलमा छलफल भएको थियो । छलफलमा कलाकारहरु, टिचर्स व्याण्ड, स्ट्रङ सोउल डान्स क्र्यू लगायत सहभागी थिए । 

महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ । काठमाण्डौ र बाहिरबाट आउने कलाकारहरुको समयसँग नजुधाई थाहाका कलाकारहरुको प्रस्तुती समय मिलाइने आयोजकले बताएको छ । महोत्सवमा लोकप्रिय गायकहरु प्रमोद खरेल, बद्रि पङ्गेनी, उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायत कलाकारहरु आउनेछन् । त्यस्तै बाल कलाकार अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ । त्यस्तै चर्चित नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकारहरु आउने पक्का भएको छ । थाहाका कलाकारहरुको प्रस्तुती उजागर गर्न, उनीहरुलाई अन्य राष्ट्रिय कलाकारहरुसँग घनिष्ठ बनाउन र कलाकारहरुमार्फत् पर्यटन प्रवर्धनमा टेवा पुर्याउन हरेक दिन दर्जनौं कलाकारहरुलाई प्रस्तुतीका लागि उतार्न लागिएको महासचिब प्रधानले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य