२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाली चलचित्रका महङ्गा नायक-नायिका : कसको पारिश्रमिक कति ?

२०७५, ७ कार्तिक बुधबार ०६:५२

काठमाडौँ | पछिल्लो समय नेपाली चलचित्र फस्टाउदै गइरहेको अवस्था छ । खास गरी युवा कलाकारको प्रवेशले दर्शकहरुलाई हलसम्म तान्न थालेको छ । युवा पुस्तामा लोकप्रिय बनेका नायक नायिकाहरुको पारिश्रमिक ह्वात्तै बढेको छ । हेर्नुहोस् नेपालका नायक नायिकाहरुको पारिश्रमिक कति छ:-

अनमोल के.सी.

नेपालका सुपरस्टार नायक अनमोल के.सी. नेपालका सबैभन्दा महंगा नायक मानिन्छन् । हेमराज बि.सी.को चलचित्र होस्टेल मार्फत डेब्यु गरेका हुन् । छोटो समयमै लोकप्रिय बनेका के.सीले पाँच वटा सुपरहिट चलचित्र दिई सकेका छन् । धेरै फ्यान फलोइङ भएका अनमोललाई हेर्नै भनेर हलसम्म युवा युवतीको भिड लाग्ने गर्छ । उनैको स्टाडमलाई हेरेर अहिले निर्देशकहरु अनमोललाई लिन तछाड मछाड गर्छन् । हालै दुई वटा चलचित्रमा अनुबन्धित भएका केसीले ९० लाख पारिश्रमिक लिएको खुल्न आएको छ ।

प्रदिप खड्का

नायक प्रदिप खड्का युवायुवतीविच लोकप्रिय नायक हुन् । अनमोलपछीका महंगा नायकको रुपमा प्रदिपलाई लिइन्छ । उनको शुरुवाती चलचित्र स्केपले राम्रो व्यापार नगरे पनि सुदर्शन थापाको निर्देशनमा बनेको पे्रमगीतबाट उनले फर्केर हेर्नु परेको छैन । उनले तीन वटा सुपरहिट चलचित्र दिईसकेका छन् । रोधीमा उनले २३ लाख लिएर अनुबन्धित भएका हुन् ।

पल शाह

अहिलेका चल्तीका नायक रुपमा नायक पल शाह पनि पर्ने गरेका छन् । म्युजिक भिडियोमा लोकप्रिय नायकलाई विकासराज आचार्यको निर्देशनमा बनेको नाइ नभन्नु ल ४ बाट डेब्यु गरेका हुन् । उनले खेलेका चार मध्ये तीन चलचित्र सुपर हिट भयो भने एउटा औसत रह्यो । उनको पछिल्लो चलचित्र शत्रुगते सुपरहिट भएको थियो । उनको पारश्रमिक नखुले पनि १८ लाखसम्म उनको डिमान्ड रहेको बताइएको छ ।

साम्राज्ञी राज्य लक्ष्मी शाह

साम्राज्ञी नेपाली फिल्म रजतपटमा चर्चित नायिका हुन् । उनले अनमोल केसीको जोडीको रुपमा ड्रिम्सबाट डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाट तारिफ कमाएकी नायिका अहिले सबैभन्दा महंगी नायिका हुन् । उनले कायरामा १० लाख पारिश्रमिक लिएकी थिइन् । उनले खेलेका अधिकांश फिल्म हिट छन् ।

नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठ अहिलेकी एक सफल नायिका हुन् । सुन्दर अनुहार र राम्रो अभिनय कि धनी नम्रताका धेरै जसो फिल्म हिट छन् । उनी थोरै र गुणस्तरीय चलचित्र खेल्ने भएकाले उनका चलचित्र प्राय सफल छन् । पारिश्रमीक बारे नखुले पनि उनले मोटै रकम लिने गरेको बुझिन्छ ।

प्रियंका कार्की

प्रियंका कार्की सबै भन्दा व्यस्त नायिका हुन । धरै फ्यान फलोइङ भएकी नायिकाको नृत्य र अभिनय अब्बल मानिन्छ । उनले नाइ नभन्नु ल, छक्का पञ्जा र शत्रुगते जस्ता सुपटहिट चलचित्र दिएकी छिन् । पारिश्रमिकको बारेमा नखुलेकी नायिका कार्कीले राम्रै रकम लिएर चलचित्रमा अभिनय गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ