2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्वयंमसेविकालाई मोवाइल वितरण गरेपछि सेवा प्रबाह सहज बन्दै

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल प्राप्त गरेपछि उनिहरुले प्रदान गर्ने सेवा प्रभावकारि हुन थालेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा तोकिएको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामै सुत्केरीको संख्या बढाउनका लागि मोबाइल मार्फत सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । 

जिल्लाभरिका ८ सय ३१ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मेडिक मोबाइलको सहयोगमा निशुल्क रुपमा मोबाइल वितरण गरिएको हो । 

मेडिक मोबाइलको सहायताले काम गर्दा पहिलाको तुलनामा सहज भएको छ । गर्भ  जाँचका लागि गर्भवति महिलालाई स्वास्थ्य संस्थामा पठाउन सहज भएको बासुलिङ स्वास्थ्य चौकि सुर्नयाका महिला स्वास्थय स्वयंमसेबिका तारा भट्टले बताउनुभयो ।  

महिला स्वयमसेविकाहरुले प्रत्येक दिन स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता मेडिक मोबाइल प्राप्त गरेपछि हटेको छ । रजिस्टरमा लेखेर पठाउदा अप्ठ्यारो हुनेगथ्र्यो भने अहिले म्यासेज मार्फत आवस्यक जानकारि गराउदा सजिलो भएको सिद्धपुर स्वास्थ्य चौकिका स्वास्थ्य स्वायंमसेविका कमला बिष्टले बताउनुभयो । 

मातृ मृत्यु र शिशु मृत्युदरमा कमी ल्याउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको हातहातमा मोबाइल पुगेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदिश चन्द्र बिष्टले बताउनुभयो । 

गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा दर्ता हुने र उनीहरुले जाँच गर्ने समयमा महिलाहरुलाई खबर गर्न  मेडिक संस्थाले  उपल्वध गराएको मोवाइलले सेवा प्रभावकारि भएको पाटन नगरपालिकाका स्वास्थ्य प्रमुख मदन महराले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको मोबाइलमा सम्बन्धित स्थानीय तहले मासिक एक सय रुपैंयाका दरले रिचार्ज समेत गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ