2026-08-25 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाई पालेर लाखौं कमाइ

सुरेन्द्र भण्डारी | कात्तिक १४, सुरुङ्गा | एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । 

आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उहाँ विदेशिनु भयो । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उहाँले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुग्नुभयो । चार वर्षसम्म मलेसियामा काम गर्नुभएका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउनुहुन्थ्यो । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे जस्तो नभएपछि ढकालले स्वदेश फर्केर २०६५ सालबाट व्यावसायिक पशुपालन शुरु गर्नुभयो । 

दुई÷दुई माऊ गाई र भैंँसी पालेर व्यवसाय शुरु गर्नुभएका ढकालको गोठमा अहिले १० उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक एक लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । विदेशमा आफूले चार वर्षसम्म गरेको दुःख सम्झँदै ढकाल भन्नुहुन्छ, “ विदेशमा जस्तो दुःख गर्नु पनि पर्दैन, कमाइ पनि यहीँ धेरै हुन्छ ।” 

होलस्टेन, ब्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आउनुभएका ढकालले आफ्नो फार्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आउनुभएको छ । हिमाल, अञ्जनी र तुलसीका नामबाट ढकालले ‘हिमअतुल’ गाई फार्म दर्ता गरेर व्यवसाय शुरु गरेपछि छरछिमेकले समेत सिको गर्दै उन्नत जातका गाईपालन गर्दै आएका छन् । ढकालले पालेको एक माऊ गाईले २२ लिटरसम्म दूध दिन्छ । 

ढकालले अहिले गाई मात्रै पाल्नुहुन्छ । गाई वर्षेनी ब्याउँछन् तर भंैसी लामो समयसम्म थारै बस्छन् । ढकालले भन्नुभयो, “यसले हामी जस्ता सामान्य कृषकलाई फाइदा गर्दैन ।” 

उही स्याहार, चोकरमा गाईले धेरै दूध दिन्छ तर भँैसीले कम दूध दिँदा कृषकलाई सोचे अनुरुपको नाफा हुँदैन ढकाल भन्नुहुन्छ, “भैँसी भन्दा गाईबाट बढी नाफा हुने भएपछि मैले भँैसी पाल्न छाडेको हुँ, पाल्न पनि भैँसी भन्दा गाई धेरै सजिलो हुँदोरहेछ ।” पशु विशेषज्ञताको प्रमाणपत्र नभएपनि उहाँमा कुनै पशु चिकित्सकको भन्दा कम ज्ञान छैन । कामलेनै मानिसलाई जान्ने बनाउँदोरहेछ । उहाँले भन्नुभयो, “कुनै गाईलाई असहज भए के भयो भनेर तत्काल पत्ता लगाएर औषधि गर्नसक्छु ।” 

एउटा स्वस्थ्य पशुलाई दैनिक २५ देखि २८ प्रतिशतसम्म प्रोटिन आवश्यक पर्छ । शहरमा दानापानी र परालको भरमा पशुपालन व्यवसाय गरिन्छ । अहिले शहरका धेरै पशुपालक कृषक पलायन हुन थालेका छन् । यसको मुख्य कारण भनेको घाँस खाने गाईलाई दानापानीले मात्र हुँदैन । ढकाल भन्नुहुन्छ, “घाँस खाने जातलाई पराल र दानापानी मात्र दिएर कसरी राम्रो दूघ उत्पादन गर्न सकिन्छ ?” 

परालभन्दा पशुलाई घाँस नै दिनु राम्रो हुन्छ । गाउँमा घाँस प्रशस्त पाइने भएकाले थोरै लागतले पनि राम्रो उत्पादन लिन सकिने ढकालको भनाइ छ । ढकालले गाईका लागि टीओसेन्टी, स्टाइलो, नेपियो जातका घाँस लगाउन्भएको छ । ढकालका अनुसार टीओसेन्टी घाँसमा १८ प्रतिशत, स्टाइलोमा २८ देखि ३० प्रतिशत र नेपियरमा २० प्रतिशतसम्म प्रोटिन पाइने भएकाले गाईले मनग्य दूध दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन