2026-06-28 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाई पालेर लाखौं कमाइ

2018-10-31

सुरेन्द्र भण्डारी | कात्तिक १४, सुरुङ्गा | एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । 

आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उहाँ विदेशिनु भयो । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उहाँले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुग्नुभयो । चार वर्षसम्म मलेसियामा काम गर्नुभएका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउनुहुन्थ्यो । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे जस्तो नभएपछि ढकालले स्वदेश फर्केर २०६५ सालबाट व्यावसायिक पशुपालन शुरु गर्नुभयो । 

दुई÷दुई माऊ गाई र भैंँसी पालेर व्यवसाय शुरु गर्नुभएका ढकालको गोठमा अहिले १० उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक एक लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । विदेशमा आफूले चार वर्षसम्म गरेको दुःख सम्झँदै ढकाल भन्नुहुन्छ, “ विदेशमा जस्तो दुःख गर्नु पनि पर्दैन, कमाइ पनि यहीँ धेरै हुन्छ ।” 

होलस्टेन, ब्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आउनुभएका ढकालले आफ्नो फार्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आउनुभएको छ । हिमाल, अञ्जनी र तुलसीका नामबाट ढकालले ‘हिमअतुल’ गाई फार्म दर्ता गरेर व्यवसाय शुरु गरेपछि छरछिमेकले समेत सिको गर्दै उन्नत जातका गाईपालन गर्दै आएका छन् । ढकालले पालेको एक माऊ गाईले २२ लिटरसम्म दूध दिन्छ । 

ढकालले अहिले गाई मात्रै पाल्नुहुन्छ । गाई वर्षेनी ब्याउँछन् तर भंैसी लामो समयसम्म थारै बस्छन् । ढकालले भन्नुभयो, “यसले हामी जस्ता सामान्य कृषकलाई फाइदा गर्दैन ।” 

उही स्याहार, चोकरमा गाईले धेरै दूध दिन्छ तर भँैसीले कम दूध दिँदा कृषकलाई सोचे अनुरुपको नाफा हुँदैन ढकाल भन्नुहुन्छ, “भैँसी भन्दा गाईबाट बढी नाफा हुने भएपछि मैले भँैसी पाल्न छाडेको हुँ, पाल्न पनि भैँसी भन्दा गाई धेरै सजिलो हुँदोरहेछ ।” पशु विशेषज्ञताको प्रमाणपत्र नभएपनि उहाँमा कुनै पशु चिकित्सकको भन्दा कम ज्ञान छैन । कामलेनै मानिसलाई जान्ने बनाउँदोरहेछ । उहाँले भन्नुभयो, “कुनै गाईलाई असहज भए के भयो भनेर तत्काल पत्ता लगाएर औषधि गर्नसक्छु ।” 

एउटा स्वस्थ्य पशुलाई दैनिक २५ देखि २८ प्रतिशतसम्म प्रोटिन आवश्यक पर्छ । शहरमा दानापानी र परालको भरमा पशुपालन व्यवसाय गरिन्छ । अहिले शहरका धेरै पशुपालक कृषक पलायन हुन थालेका छन् । यसको मुख्य कारण भनेको घाँस खाने गाईलाई दानापानीले मात्र हुँदैन । ढकाल भन्नुहुन्छ, “घाँस खाने जातलाई पराल र दानापानी मात्र दिएर कसरी राम्रो दूघ उत्पादन गर्न सकिन्छ ?” 

परालभन्दा पशुलाई घाँस नै दिनु राम्रो हुन्छ । गाउँमा घाँस प्रशस्त पाइने भएकाले थोरै लागतले पनि राम्रो उत्पादन लिन सकिने ढकालको भनाइ छ । ढकालले गाईका लागि टीओसेन्टी, स्टाइलो, नेपियो जातका घाँस लगाउन्भएको छ । ढकालका अनुसार टीओसेन्टी घाँसमा १८ प्रतिशत, स्टाइलोमा २८ देखि ३० प्रतिशत र नेपियरमा २० प्रतिशतसम्म प्रोटिन पाइने भएकाले गाईले मनग्य दूध दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी