२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

व्यावसायिक सिस्नो खेती आम्दानीको स्रोत

२०७५, १ मंसिर शनिबार ०८:२६

मङ्सिर १, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् । 

साउनेका कृष्णमाया मगरले यस पटक पनि सिस्नो बिक्रीको समय शुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताउनुभयो । घर वरपरको पाखा र बारीको काल्लामा व्यावसायिक सिस्नो खेती गर्दै आएको उहाँले दशैँ र तिहारको बीचमा झण्डै रु १० हजारको सिस्नो बिक्री गरेको बताउनुभयो । यस पटक उहाँले मङ्सिरदेखि माघ महीनासम्ममा पचास हजारभन्दा माथिको सिस्नो बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । 

साउनेको गैह्राटोलमा केही वर्षयता कृषकले व्यावसायिक सिस्नो खेती नै गर्दै आएको हर्कबहादुर मगरले बताउनुभयो । सिस्नो जिल्ला सदरमुकाम गाईघाट बजारका होटल तथा घरमा माग हुने गरेकाले बजारको समस्या नरहेको उहाँको भनाइ छ । 

प्रत्येक हप्ताको बुधबार र शनिबार आफूहरुले सिस्नो गाईघाट बजार पुर्याउने गरेको र प्रतिकिलो रु ४० देखि ६० मूल्यसम्ममा बिक्री हुने गरेको कृषक जीतबहादुर मगरले जानकारी दिनुभयो । यहाँका बासिन्दाले वार्षिक रु बीसदेखि पचास हजारभन्दा माथिसम्मको सिस्नो बिक्री गर्ने गरेका छन् । 

सदरमुकामस्थित मेलिना होटलका सञ्चालक गङ्गा राई वर्षेनी पाँच हजारभन्दा बढीको सिस्नो आफुले खरीद गरेर खाने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ