2026-08-25 08:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नेपाली तरकारी निकासी शुरु

गङ्गा पराजुली | मङ्सिर ५, पशुपतिनगर | पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । 

पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन् । इलामको सूर्योदय नगरपालिका–९ स्थित बरबोटेमा स्थानीयले तरकारी सङ्कलन केन्द्र खोलेर उक्त नाकामार्फत निर्यात गर्दै आएका छन् । 

पहाडी जिल्ला तेह्रथुम, धनकुटा, सङ्खुवासभा, इलाम र पाँचथरमा उत्पादन हुने गरेको इस्कुस, मुला, कोपीलगायत हरियो साग भारतमा बिक्री गर्दै आएको व्यवसायी प्रकाश श्रेष्ठले बताउनुभयो । दश वटा भारतीय गाडीमा दैनिकरुपमा नेपाली हरियो साग निर्यात हुँदै आएको छ । भारतमा तरकारी निर्यात गर्न इलामका ग्रामीण क्षेत्रमा २० जना सङ्कलनमा खटिने गरेका छन् । 

भारतीय भन्सारको समन्वयमा निर्यात हुँदै आएको तरकारी भारतको सिलीगुडी, धुपगढी, मैनागढी, दार्जिलिङ लगायत बजारसम्म पुग्ने गरेको छ । सो नाकाबाट नेपाली कृषिजन्य सामग्री निर्यातमा रोक लगाएको भारतीय भन्सार कार्यालयले १२ वर्षपछि पुनः नेपाली कृषिजन्य सामग्री निर्यात भएपछि नेपाली किसानले राम्रो मूल्य पाएको उद्योगी बताउँछन् । दैनिक १० गाडी कृषिजन्य सामग्री निर्यात हुँदै आएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो । 

बजार समस्याले चिज उद्योग बन्द हुँदै 

चिजको बजार समस्याका कारण पूर्वी नेपालका उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारमा उच्च माग रहेको चिजको माग नहुँदा उद्योग बन्द हुने क्रम बढेको हो । 

हिमालय चिज एशोसिएशनका अनुसार पूर्वी नेपालका इलाम पाँचथर र ताप्लेजुङमा २३ वटा चिज उद्योग दर्ता रहे पनि बजार समस्याका कारण १५ वटा मात्रै सञ्चालनमा रहेका छन् । पर्यटकीय सिजनमा पनि उत्पादन भएको चिज बिक्री नहुँदा किसानलाई दूधको मूल्य दिन नसकेर उद्योग बन्द हुन थालेको हिमालय चिज एशोसिएशनका उपाध्यक्ष तुलु तामाङले बताउनुभयो । 

गाईको दूध प्रशोधन गरी बनाइने चिज नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गरे पनि बिक्री कम भएकाले उत्पादन भएको चिज उद्योगमै थन्किएको छ । उद्योगमा उत्पादित चिज बजारमा बिक्री नहुँदा धेरैजसो उद्योगले आफ्नो उत्पादन क्षमता घटाएका छन् । 

पूर्वी नेपालका चिज उद्योगमा दैनिक ३० हजार लिटर दूध प्रशोधन हुँदै आएको छ । चिज उद्योग बन्द भएका कारण गाउँमा रोजगारीका अवसर पनि गुगेको हिमालयन चिज एशोसिएशनले जनाएको छ । 

अलैची खेतीको प्रविधि सिक्ने किसान बढे 

इलामको सूर्योदय नगरपालिका–९ मा रहेको अलैची विकास केन्द्रमा व्यवसायीक अलैची खेतीको प्रविधि सिक्न आउने किसानको संख्या बढेको छ । नेपालको एक मात्र अलैँची खेतीको प्रवद्र्धनको काम गर्दै आएको सो केन्द्रमा देशभरका किसान व्यवसायीक अलैँची खेती प्रविधि सिक्न आउने गरेका छन् । 

केन्द्रमा अलैँची खेतीको नर्सरी प्रविधि, रोगकिरा व्यवस्थापन र बगान व्यवस्थापनका बारेमा तालिमको माग बढेको प्रमुख पदम अधिकारीले बताउनुभयो । अलैँची नर्सरी प्रविधि सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको केन्द्रले ६ दिने अलैची बगान व्यवस्थापन तालिम शुरु गरेको छ । 

अलैँची खेती विस्तार बढ्दै गएकाले खेती प्रविधि र नर्सरी व्यवस्थापन सम्बन्धि धेरै तालिमहरुको माग भएकाले नियमित रुपमा देशका ५१ जिल्लाका किसानलाई तालिम प्रदान गरिरहेको बरिष्ठ अलैची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । मंगलबार सम्पन्न अलैँची नर्सरी प्रविधि तालिममा इलाम, पाँचथर, ताप्लेजुङ्ग, लमजुङ्ग, गोरखा र नुवाकोटका २० जना किसानको सहभागिता रहको थियो । 

सोमबारबाट शूरु भएको अलैँची वगान व्यवस्थापनका बारेमा देशभरका ७ जिल्लाका २५ जना किसानको सहभागिता रहेको छ । अलैची विकास केन्द्रमा गत आर्थिक वर्षमा केन्द्रिय कार्यालयमा २ सय जनाले र विभिन्न जिल्लामा ३ सय बढी किसानले तालिम लिएका थिए । केन्द्रले चालु आर्थिक वर्षमा कार्यालयमै ६० जना किसानलाई र अलैँची खेती हुने विभिन्न जिल्लामा एक सय २० जना किसानलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन