2026-09-13 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

मङ्सिर ११, तौलिहवा | नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । 

बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिनुभयो । 

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुबै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो । 

सीमावर्ती क्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुल्झाउने प्रयास गर्ने र दुबै पक्षबाट आ –आफ्नो ढङ्गले केन्द्रलाई जानकारी गराउने पनि सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

बैठकले भारतीय सिमावर्ती क्षेत्र चाकरचांैडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएकोे छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ । 

भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा गर्नुभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नं २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमाण्डेन्ट पञ्कजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्यूरोका प्रमुख एमएस रायको ससहभागिता थियो । आगामी बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले