<p>मङ्सिर १९, तौलिहवा (रासस) | ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् । <br></p><p>कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । </p>
December 5, 2018
कपिलवस्तु - KPL, समाज
ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










