२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बन्धकमा परेका ९ महिलाको भारतबाट उद्धार

२०७५, १२ पुष बिहीबार १५:४०

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । वैदेशिक रोजगारीको प्रलोभनमा बन्धकमा रहेका ९ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक पुर्याउने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ता गरिएको हो ।

के.आई. नेपालको प्रयासमा सो महिलाहरुको उद्धार गरि परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काकर्भिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको वताइएको छ । भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखि बन्धक पारेको महिलाहरुको भनाई छ ।के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरकफरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका जनाइएको छ ।

स्वदेश फिर्ती भएका महिलालाई आवश्यक सोधपुछ तथा अनुशन्धान गर्ने क्रममा कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले महिला उद्धार गरेकामा के आई.नेपाल लाई धन्यवाद सहित प्रसंशा गरे साथै उनले नेपाली चेलीहरुलाई कसैको प्रलोभनमा परेर जोखिमपुर्ण  यात्रा नमोल्न आग्रह गरे। 

मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको छ  । जसको चपेटामा भारतको बाटो हुँदै  तेस्रो मुलक पुगेका हजारौ महिला तथा किशोरीहरु परेका छन् । रोजगारीको लागि भारतको बाटो हुँदै  तेस्रो मुलुक पुगेर उनीहरुले दुख कष्ट भोगिरहेका छन ।

वढदो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना उच्च रहेकोले  यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले  वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु