२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा माछा उत्पादनमा वृद्धि

२०७५, १६ पुष सोमबार १०:४१

 पुस १६, गाईघाट (रासस) |  एक्काइस वर्ष अघि व्यावसायिकरूपमाशुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । 

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि करीब ७५ क्विन्टल माछा उत्पादन भएको थियो । 

पाँच वर्षअघि जिल्लामा २९ हेक्टरमा माछापालन गरिएको थियो भने हाल विस्तार भएर ५५ हेक्टर पुगेको केन्द्र, माछापालन विभागका प्रमुख यादव बताउनुहुन्छ । त्यस्तै पाँच वर्षअघि १५० कृषक मात्र माछापालनमा संलग्न थिए । अहिले २५२ कृषक प्रत्यक्षरूपमा व्यावसायिकरूपमा संलग्न छन् । 

जिल्लामा केन्द्रले हिउँदको सुक्खायाममा पोखरीमा हुने पानीको अभावबाट माछा बचाउन अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको र माछासमेत राम्ररी उत्पादन हुँदै गएको केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउनुहुन्छ । 

उहाँका अनुसार अब बिस्तारै माछा उत्पादनको क्षेत्रमा जिल्ला आत्मनिर्भर बन्न लागेको छ । वार्षिक रु दुई करोडसम्मको माछाको कारोवार हुने यहाँ अहिले जिल्लामा कुल मागको करीब ७० प्रतिशत माछा उत्पादन हुन्छ । यहाँ बिगहेड, क्याटफिस, नाहुर, भ्याकुर, रहु र नैनी प्रजातिका माछा उत्पादन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित