2026-06-28 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित

2019-01-02

तीर्थभट्टराई | पुस १८, नगराइन | धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । 

चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनु अघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण प्रदूषण हुने, तेल खर्च धान्न नसक्ने र ओसारपसार गर्न कठिन भएकोमा नयाँ प्रविधिको सोलार पम्प आएपछि भने स्थानीय जनताले निकै सहज महसुस गरेका छन् । 

यो नयाँ प्रविधिको बोक्न मिल्ने ‘सनफ्लावर’ सिँचाइ पम्प भनिने पम्प संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साना अनुदान आयोजनाअन्तर्गत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले किसानको समूहलाई उपलब्ध गराइएको युएनडिपीको साना अनुदान आयोजनाअन्तर्गत सन्फ्लावर सिँचाइ आयोजनाका संयोजक राजेश झाले बताउनुभयो । 

चिनियाँ प्रविधिको रु ६० हजार मूल्य पर्ने पम्प कृष्ण ग्रिल इञ्जिनीयरिङ वर्कशप, विराटनगरले बिक्री वितरण गरिरहेको छ । हाल यो पम्प १४ किसानले प्रयोग गरिरहेका छन् । यसबाट एक दिनमा पाँच कट्ठामा सिँचाइ गर्न सकिने वर्कशपका प्राविधिक अनिल मण्डल बताउनुहुन्छ । यो बिहान र दिउँसोको घाममा बिहान १० बजे देखि २ बजेसम्म पूर्ण क्षमतामा चलाउन सकिन्छ । 

लगमाका स्थानीय किसान रामदयाल मण्डल भन्नुहुन्छ, “यो तेलबिना चल्ने, प्रदूषणरहित हुनाले वातावरणमैत्री र चलाउन असाध्यै सजिलो छ । सजिलै बोकेर लगी बोरिङको कल, ताल, नदीबाट पानी तानेर जहाँ पनि सिँचाइ गर्न सकिन्छ ।” 

स्थानीयवासी मुन्नी मण्डल भन्नुहुन्छ, “यो पम्प सबैभन्दा राम्रो र सजिलो छ । डिजेलको धुँवामा काम गर्नुपर्ने बाध्यता हटेको छ, तेल खर्च पनि बचेको छ ।” सिँचाइ सुविधा सहज भएपछि पहिले त्यति खेती नगरिने आलु, बन्दागोभीलगायतका तरकारी खेती पनि यस ठाउँमा गर्न थालिएको उहाँले बताउनुभयो । 

आयोजनाका संयोजक झा भन्नुहुन्छ, “यसले जलवायु परिवर्तनको असर तथा कार्बन न्यूनीकरण गर्न सघाउने हुनुका साथै बोक्न मिल्ने भएकाले यो नयाँ प्रविधि हो र कृषकले अति मन पराएका छन् ।” यसको प्रयोग गर्ने यस स्थानमा ३० घरधुरी हुने पनि उहाँले जानकारी दिनुभयो । यसलाई अन्यत्र पनि विस्तार गर्न सकिए अन्य जिल्लाका किसान पनि लाभान्वित हुनसक्ने उहाँले बताउनुभयो । 

उहाँले जनतालाई सक्खर, माटो आदि मिसाएर जैविक विषादी तयार गर्ने तालीम पनि दिइएको जानकारी दिनुभयो । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी