Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सनवागढ उत्खननमा गुप्तकालीन ईटा र शिव नन्दि भेटिए

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | पुष १८, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित  छ सनवागढ मन्दिर ।  मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक एतिहासिक भएपनि यसलाई संरक्षण नहुदा चोरी भइरहेको स्थानियहरुको भनाई  छ ।

मन्दिरको पश्चिमि क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ । मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु रहेका छन । मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केहि वर्ष पहिला मुर्ती फेला परेको थियो सोहि मुर्तीलाई अहिले मन्दिर भित्र राखीएको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।मन्दिर पुग्न २ वटा खोलाहरु तरेर जानुपर्ने हुन्छ । मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकिय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले  पुजाआजा गर्दै आएका छन । मन्दिर परिसर सुनसान भएकाले  रमणिय क्षेत्र रहेको छ ।

मन्दिर क्षेत्रमा पहिलो पटक उत्खनन

लुम्विनि विकास कोषले उत्खनन गरेको सनवागढवाट गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरुले फेला परेका छन । कोषका २ जना पुरातत्वविद खटिएर उत्खनन गरिएको सो क्षेत्रमा गुप्तकालिन इतिहास स्वरुप भेटिएका भग्नाबशेषहरुको डेटिङ्ग एकिन गर्न परिक्षण गरिने छ ।

कपिलवस्तुको शिवराज नगरपालिका ३ भितिरियमा रहेको उक्त मन्दिरमा पहिलो पटक भएको उत्खनन गरिएको हो ।  प्रचुर पर्यटकीय सम्भावना बोकेको सनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको थियो । उत्खननको काम सुरु भइसकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन ।  हजारौं वर्ष पुरानो तथा धार्मीक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुर्याउने विश्वास रहेको छ । उत्खननका क्रममा १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको छ ।

संसाद केसीको पहल

प्रदेश नं. ५ का सभासद अर्जुन कुमार के.सीले सनवागढ मन्दिर क्षेत्रमा उत्खननको लागी पहल गरेका हुन । १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको केसीले दावी गरे । उत्खननको काम सुरु भए देखि नै जनमानसमा सनवागढ भन्ने प्रचारमा आइ सकेको केसीको भनाई छ ।यसको इतिहास तथा धार्मिक महत्वबारे प्रारम्भिक चरणमा गुप्तकालिन इतिहास भेटिनु  गौरवको करा हो सांसद केसीले भने मायादेवी मन्दिरमा उत्खनन् गर्दा भेटीएका जस्तै सनवागढमा पनि गुप्ताकालिन ईटा भेटिए । सांसद केसीले अर्का वर्ष पनि उत्खननको काम निरन्तरता हुने जनाए । स्थानिय तह,प्रदेश र संघिय सरकारमा समेत सनवागढको विषयमा गम्भीर रुपमा लिनको लागी सवैमा आव्हान गरे । केसीले केहि संचार माध्यमले  पहुचको आधारमा उत्खनन् भएको कुरालाई खण्डन गर्दै पहुच नभई इतिहास बोकेको यस क्षेत्रमा कोषले विगतको वर्षदेखी नै अनुसन्धान गरिरहेको वताए । कोषको कार्यक्षेत्र सोनवागढ रहेको भन्दै पर्यटन मन्त्री रविन्द्र अधिकारी सग पनि यस विषयमा छलफल भएको जनाए ।

के भन्छन पुरातत्वविद

पुष १० गते वाट सुरु भएको उत्खननबाट केहि एतिहासिक पुराना बस्तुहरु भेटिएको कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । प्रारम्भिक चरणको उत्खननमा सनवागढमा रहेको दुई अग्ला स्थानहरुबाट उत्खनन गरेको र भेटिएका एतिहासिक वस्तुहरुलाई पुरातत्व विभागमा परिक्षण गरिने  वरिष्ट पुरातत्वविद कृष्ण वहादुर केसीले जनाए । अहिले कहि एतिहासिक पैसाका सिक्काहरु,गुप्ताकालिन ईटा तथा कलात्मक इटाहरु ,शिव भगवान पुर्व पट्टि हुने नन्दि पनि भेटिएको छ । यसको अध्यायन गर्दा यस ठाउमा शिवको लिगं समेत हुन सक्ने विदहरुले अनुमान गरेका छन । नदी कटानको चपेटामा पर्दै जाँदा धरापमा पर्न सक्ने सम्भावित खतरालाई नियन्त्रण गर्न गत बर्ष तटबन्धन समेत गरिएको वरिष्ठ पुरातत्वविद कृष्ण बहादुर के.सीले बताए ।

स्थानियहरुमा डर

लुम्विनि विकास कोषले उत्खनन् गरेर भेटिएका एतिहासिक वस्तुहरु हराउने हुन कि भन्ने स्थानियहरुको डर रहेको छ । विगत लामो समयदेखि संरक्षण गरेर राखेका स्थानवाट भेटिएको एतिहासिक वस्तुहरुलाई परिक्षणको लागी कोषले लैजाने भनेपछी स्थानियहरुमा संका उत्पन्न भएको हो ।स्थानिय टिकाराम खरालले भेटिएका वस्तु यस क्षेत्रमै परिक्षण गर्न आग्रह गरे । उनले भने गाउलेको संरक्षणमा रहेका वस्तुहरुलाई एकाएक लैजादा कतै यस क्षेत्रको अस्तित्व हराउने हो की  ?