2026-10-31 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढी किल्लामा पुगे सांसद र पुरातत्वविद्, पश्चिम प्रवेशद्धार हुन सक्ने सम्भावना

माधव बेल्वासे | माघ ५, कपिलवस्तु | घना जंगल भित्र पर्ने शिवगढी किल्ला । चन्द्रौटावाट करिव ३० किलोमिटर दुरीमा रहेको किल्ला एक एतिहासिक भएको पाइएको छ । शिवराज नगरपालिका १ धानखोला वाट करिव ८ किलोमिटर उकालो हिडेपछी त्यस स्थलमा पुगिन्छ ।धानखोला वाट उकालो चढ्दा केहि सिढिहरु निमार्ण भएका छन । शिवराज नगरपालिका ९ मा पर्ने उक्त किल्ला आसपासमा एतिहासिक तथा पुरातात्विक वस्तुहरु रहेको पाइएको छ । धानखोला वाट केहि उकालो चडेपछी त्यहा विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन । पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल शिवगढी किल्लामा प्राचीनकालका वस्तुहरु पत्ता लगाउनुपर्ने सवैको धारण रहेको छ । शिवराज नगरपालिकाको शानको रुपमा रहेको शिवगढी मन्दिर पुग्दा विच भागतर्फमा कुटी,पाइला लगाएत विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन ।

प्रदेश नम्वर ५ को केन्द्रविन्दुमा अवस्थि शिवगढी मन्दिरलाई पर्यटकिय स्थलको रुपमा पनि विकाश गरेमा पर्यटकहरुको सख्या वढने विश्वास रहेको छ । शिवगढी किल्लाको उत्तर तर्फ शिव लिगं फेला परेकोले सोहि स्थानमा सानो मन्दिर निमार्ण गरिएको छ । मन्दिरको नजिकै रहेको भ्यु टावर वाट तराई फाट,पाहाड डाडाहरु, दाङ जिल्ला सगै भारतको केहि भाग तथा मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । किल्ला आसपासमा पनि केहि मन्दिरहरु रहेका छन । शिवगढी किल्ला पहिला अग्लो भएपनि अहिले युद्धको बेलामा भत्काएर अहिले होचो भएको स्थानियहरुको भनाई रहेको छ । मन्दिरमा जो कसै पुग्न नसक्ने कारणले पनि यस मन्दिरको प्रचार प्रसार हुन नसेकेको स्थानिय हरी पुनको भनाई छ ।

शिवगढी मिन्दरमा शिवरात्रीको समयमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । मेलामा नेपालका भन्दा भारतका भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । अन्य समयमा पनि यसमन्दिरमा दर्शन गर्न आउने गरेका छन । मन्दिरमा पानीको समस्या हुदाँ आकासको पानी घैटोमा संकलन गर्ने गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

इतिहास खोज्दै पुरातत्वविद शिवगढी पुगे

शिवगढी किल्लाको इतिहास खोज्दै ३ जना पुरातत्वविदसहितको टोली कपिलवस्तुको शिवगढी किल्ला पुगेको छ प्रदेश ५ का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.को पहलमा पूरातत्व विभाग, शिवराज नगरपालिका सहित झण्डै ४० जनाको टोली शिवगढी किल्लामा पुगेको थियो । नेपाली इतिहास, संस्कृति तथा पूरातत्व केन्द्रिय विभाग कीर्तिपुरका प्रमुख प्रो. डा. मदन कुमार रिमालले अध्ययन अवलोकनका क्रममा खस राज्यका सिँजाली बौद्धमार्गी राजा रिपू मल्ल प्राचीन धार्मिक तीर्थस्थल लुम्बिनी, तिलौराकोटका लागि पश्चिमबाट प्रवेश गर्ने पदमार्गको सम्भावना शिवगढी किल्ला रहेको अनुमान गरे । पूरातत्वविद प्रो.डा. रिमालले यसबारे गहन अध्ययनपछि मात्र वास्तविकता पत्ता लगाउन सकिने वताए । त्यहाँ रहेका पुराना इँटा, माटाका भाँडा, ऐतिहासिक किल्लाको संरचना हेर्दा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक सम्भावना बोकेको क्षेत्र रहेको अनुमान गर्दै यसको सुक्ष्म रुपमा अन्वेषण गर्नुपर्ने प्रो.डा. रिमालले जनाए । 

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले यस क्षेत्र धेरै पुरानो हुन सक्ने आकंलन गरे । पर्खालहरु तथा वाटोमा चिन्हहरु राखेको देखिएकोले पदमार्ग हुन सक्ने भन्दै यस क्षेत्रमा गम्भीर रुपमा अनुसन्धान गर्न सकेमा वास्तविकता आउने वताए । पुरातत्व विभाग रामशाहपथ काठमाडौंका हरिप्रसाद भुसालले पनि कपिलवस्तुको शिवगढी एक एतिहासिक स्थल हुन सक्ने वताए ।

सांसद केसी पुगेपछी…

पछिल्लो समयमा प्रदेशसभा सदस्य अर्जुन कुमार के.सीले धार्मीक स्थलहरुलाई वढी जोड दिन थालेका छन । पुरातत्वविदहरुको टोलीलाई सांसद केसीकै पहलामा शिवगढी किल्ला पुगेका छन । लामो पैदल यात्रा गरेपछी थकित भएका संसाद केसीले शिवगढी किल्ला र मन्दिर संरक्षण गर्न आवश्यक रहेको ठहर गरे । हजारौं वर्ष पुरानो इतिहास बोकेको ठाउँ रहेको प्रारम्भिक रुपमा देखिएको केसीले वताए अति विकट ठाउँ र अत्यन्त उचाईमा रहेकाले हरेकोले विज्ञ पुग्न नसक्दा प्रचारप्रसार एथोचित मात्रमा हुन नसकेको प्रदेशसभा सदस्य के.सी.ले वताए । 

प्रदेश सरकारले समेत शिवगढी किल्ला र शिवगढी मन्दिरको ऐतिहासिक महत्वलाई ध्यानमा राखेर यस वर्ष पर्यटन मन्त्रालयमार्फत  करिव २० लाख वढी बजेट विनियोजन गरेको उनले जनाए । शिवगढीको ऐतिहासिक महत्वलाई उजागार गर्न र यसको इतिहासबारे जानकारी लिन विज्ञसहितको टोली लिई शिवगढी किल्ला पुगेको के.सी.ले वताए । पहिलो चरणमा यसको गुरुयोजना तयार प्रचारप्रसार र संरक्षणमा लाग्ने उहाँले प्रतिबद्धता जाहेर गरे । ५ नम्बर प्रदेशकै केन्द्र विन्दुमा पर्ने हुँदा यसलाई गतिलो पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन आफूले पहल गर्दै आएको जनाए ।

अध्ययन अवलोकनका लागि शिवगढी किल्लामा पुगेका शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक रुपमा शिवगढी किल्लाले शिवराजकै शान रहेको दावी गरे । उनले शिवगढी किल्लाको उचित प्रचारप्रसार, संरक्षण र थप विकासका लागि नगरपालिकाबाट डीपीआर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

कसरी संरक्षण गर्न सकिन्छ 

मन्दिर जाने दुई वटा वाटोहरु रहेका छन । धानखोलावाट उकालो चढदा करिव २ सय वटा सिढिहरु बनाइएको छ भने त्यहा भन्दा माथी जादा खालाको तिरैतिर जानुपर्ने हुन्छ । ठाडो उकालो रहेकोले वृद्धवृद्धा तथा बालवालिका मन्दिर पुग्न सक्दैनन । स्थानिय बुद्धीजिविहरुले यस मन्दिरमा पुग्न केवलकारको योजना समेत ल्याएका छन । धानखोला वाट उकालो को दुरी कम रहेकोले यसमा त्यत्ती सफल हुन नसक्ने अनुमान गरिएको छ । किल्ला पुग्ने अर्का वाटो रमुवादह वाट रहेको छ । यस क्षेत्र वाट भने केबुलकारको सम्भावना वढी रहेको देखिन्छ । रमुवादह वाट करिव २ किलो मिटर सिढि रहेकोले सिढिको किनार वाट सडक बनाउन सक्ने सम्भावना रहेको छ । रमुवादह वाट प्यारागलाइडिङ को सम्भावना पनि उच्च देखीन्छ ।

रमुवादह वाट किल्ला को केन्द्र विन्दु सम्म सडक पुर्याउन सकेमा सो किल्लामा भक्तजन तथा पर्यटकहरुको सख्या वढन सक्ने छन । मन्दिर आसपासमा खानेपानीको जटील समस्या रहेको छ ।भगवान तथा रानीले शिवगढी मन्दिरमा बस्ने र मन्दिर देखी करिव १ किलोमिटर तल इनार रहेकोले त्यहि इनारवाट पानी लैजाने गरेको आंसका गर्न सकिन्छ । मन्दिरलाई संरक्षण गरेर पुराना वस्तुहरु तथा स्थानमा उत्खनन् गरेमा एतिहासिक वस्तुहरु फेला पार्न सकिने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय