२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सडकले नक्सा नदिँदा करिडोरको काम अलपत्र

२५ माघ २०७५, शुक्रबार ०७:४०

माघ २५, कालिकोट । कालिकोटको खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र छ । 

सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो । 


सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने मिति पूरा भएको ८ वर्ष बितिसक्दा पनि कर्णाली करिडोर अन्र्तगत कालिकोट खुलालु–हिल्सा सडकखण्डको खुलालुको ठेकेदार र सडक डिभिजन कार्यालय जुम्लाका लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको परेको छ । सडक डिभिजन कार्यालय जुम्लाले प्रगति कन्काई नेपाल प्रा.लि.लाई समयमै कामको डिजाइन स्टमेट नदिँदा निर्माणमा समस्या भएको निर्माण कम्पनीका प्रतिनीधि करन निरौलाले बताए । ‘हामी सडक डिभिजन कार्यालयले निर्माणका डिजाइन स्टेमेट दिएका छैन ।’ उनले भने, ‘हामीले कुन आधारमा कसरी काम गर्ने हो ।’ सडक डिभिजन कार्यालय जुम्लाका अनुसार डिजाइन स्टेमेट केही डिजाइन बदलिएको भएको त्यसको परिवर्तन डिजाइन स्टेमेट पनि ठेकेदार कम्पनीलाई दिइसकिएको जनाएको छ । 

डिभिजन कार्यालयका कारणले पुल निर्माणमा कुनै ढिलाई नभएको ठेकेदार कम्पनीले पुल निर्माणमा बाहना बनाएको सडक डिभिजन कार्यालय कार्यालय जुम्लाका इन्जिनियर सर्वण कुमार महताराले बताए। ‘हामीले डिजाइन स्टेमेट सबै दिएका छौं ।’ उनले भने,‘हाम्रा कारणले कामको ढिलाई भएको छैन् ।’ 

कर्णाली करिडोर अन्तर्गतको खुलालुमा रहेको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी ०६७ मा सम्झौता भएको थियो। निर्माणको ठेक्का कन्काई नेपाल प्रगति जेभीले १४ करोड रुपैयाँमा लिएको थियो । तर, सम्झौता ८ बर्षपछि काम शुरु भएको काम गर्न अहिले पनि ढिलाढाली गरेको कालिकोट नरहरिनाथ गाउँपालिका–९ लालुका शिक्षक नवराज शाहीले बताए । ‘८ वर्षअघि नै सम्झौता भएको भन्ने सुनेका थियौं,’ उनले भने, ‘गत बर्षबाट मात्र निर्माण कम्पनीले काम शुरु गरेको छ । पुल निर्माण सुरु नहुँदा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिव एक किलोमिटर चट्टाने भीर काट्ने काम नेपाली सेनाले सुरु गरेको छैन् । 

पुल नबनेसम्म सेनाले पनि काम सुरु नगर्ने कर्णाली करिडोर निर्माण कार्यदलको भनाइलाई उद्दत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए । ‘पुल बनेपछि मात्र सेनाले चट्टान काट्ने पक्षमा छ,’ उनले भने, ‘पुल नबनी त्यो भीरको चट्टान काट्न गाह्रो छ ।’ पुल निर्माणका लागि लामो समयदेखि विभिन्न कार्यालयमा धाए पनि कसैले चासो नदेखाएको स्थानीय मिनबहादुर शाहीले बताए । ‘पुल निर्माणका लागि धेरै पहल गर्यौ ।’ उनले भने, ‘त्यसमा कसैले पनि चासो दिएन ।’ कर्णाली करिडोर अन्र्तगतको खुलालुको पुलको ०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए । दुई पटक सिलान्यास भएको पुल अहिलेसम्म पनि निर्माण कार्यले तिब्रता नपाउँदा स्थानीयहरु आश्चार्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह