Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सामाजिक सुरक्षा भत्ता अब बैक खाताबाटै

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी | फागुन ५, कालिकोट | जिल्ला सदरमुकाम मान्म खाडाचक्रबाट पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता सिधै बैंक खाता मार्फत बितरण गर्ने भएको छ । विगतका बर्षहरुमा सामाजिक सुरक्षाभत्ता वितरणको नाममा दुरुपयोग हुने गरेको भन्ने जनगुनासोलाई ध्यानमा राखी नगरपालिकाले अब लक्षित बर्गको बैक खाता मार्फत वितरण गर्न लागेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियाबारे नगरपालिकाले हालै गरेको निर्णय अनुसार रास्कोटमा रहेको ग्लोबलआइएमी बैक मार्फत लक्षित बर्गको खातामा वितरण गर्न लागिएको नगरपालिकाका लेखा अधिकृत ज्ञानबहादुर वलीले बताका छन् । नेपाल सरकारले कर्णालीमा दिदै आएको बालबालिका, जेष्ठनागरिक, एकल महिला, अपांग लगायतका बर्गलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता पार्दर्शीरुपमा वितरण गर्न नगरपालिकाको वडा नं १ देखि ९ सम्मका सबै लक्षित बर्गलाई रास्कोटमा रहेको ग्लोवलआईएमी बैंकमा खाताखोल्न लगाईसकिएको लेखा अधिकृत वलीले बताए ।

यस्तै सामाजिक सुरक्षा भत्ता सम्बन्धीत सेवाग्राहीको बैँक खातावाट भुक्तानी गर्ने ब्यवस्थाले नगरपालिकाको लेखापरिक्षणमा हुने बोझलाई पनि घटाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण अधिकारीले बताएका छन् ।

यता नगरपालिकाले बैकखाता मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान सुरु गरे संगै राज्यले तोके बमोजिम सामाजिक सुरक्षा भत्ता समयमै सम्बन्धित ब्यक्तिको हातमा नपाईने समस्या अब पूर्ण रुपमा अन्त्य हुन्छकी भन्ने आशा पलाएको भन्दै रास्कोट नगरपालिका ३ का जेष्ट नागरिक पदमनाथ योगीले खुशी ब्यक्त गरेका छन् ।