२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भिमकाया ढुंगाको त्रास बढ्दो, सरोकारवाला निकाय मौन

२०७५, ८ फाल्गुन बुधबार १२:१८

दलसिंह गिरी | फागुन ८, कालिकोट | 

गाउँबासीको विचल्ली भयो पालिका रोड गया ।

केही सुरक्षा दि हाल्दोहोई सरकारी ध्यान भया ।

भोक मरि र असिनाले पिडत भयो खाडा ।

आफ्नो रक्षा आफै गर्नु सबै भया टाडा ।।

हिजो आज यो ढुङगाले ठाउँ छाडी हडिगो ।

सम्बन्धितको ध्यान नजाने क्या चिड्को पडिगो ।

गाउँबस्तीमा खस्न लागेको भिमकाय ढुंगा टुक्राउन सम्बन्धित निकायले ढिलाई गर्दा स्थानीय बासीहरु झन त्रसित बन्दै गएका छन् । सडक निर्माणको क्रममा भिमकाय ढुंगाको फेदमुनि डोजर मार्फत सडक खन्दा ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि सान्नीत्रिबेणी गाउपालिका १ र २ सेरिज्यूलाका बासिन्दाहरु थप त्रसित बन्दै गएका हुन् ।

भिमकाया ढुंगाले आफ्नो स्थान छाडेको सूचना पाउदा साथ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, गाउपालिका प्रमुख, उपप्रमुख लगाएतका सम्बन्धीत निकायहरुले गएको शनिबार नै अवलोकन गरी ढुंगा टुक्राउनकोलागि तत्काल प्रक्रिया थालिने प्रतिवद्धता गरेको ४ दिन वितिसक्दा पनि कुनै चासो नदेखाएको भन्दै प्रभावित स्थानीयहरु आक्रोसित बनेका छन् ।


‘हाल ढुंगाले आफ्नो ठाउँछाडी करिव २ मिटर तल ढल्की सकेको छ तर सम्बन्धीत निकायले कुनै चासो देखाएको छैन, ढुंगा खस्यो भने पुरै गाउँनै तहस नहस हुने सम्भावना छ, आफुहरु पालमा बस्न बाध्य छौं’ स्थानीय गोविन्द बटालाले दुखेसो पोखेका छन् । जिल्ला प्रशासनले समेत आएर यहाँको अवस्था बुझेर गयो तर यसलाई फुटाउनेबारे तदरुपता नदेखाएको अर्का स्थानीय गोर्ख बटालाले बताए । ‘रातादिन तेही ढंगाकै चिन्ता छ, ‘राती सुत्न समेत राम्रो संग पाईएको छैन, राती जिउ (सरीर) झसंग झस्कीन्छ, कतै सुतिहाले पनि ढुंगा खसेकै सपना देखिन्छ भन्छन् पालमुनी रात कटाउन बाध्य अर्का स्थानीय धनमल बटाला । यि केही प्रतिनिधि मात्र हुन, पुरै गाउलेहरुको मनसपटलमा यस्तै ढ्यांग्रो गढेको छ ।


गाउँपालिकाले समेत ढुंगाको ब्यवस्थापन नभए सम्मको लागि विद्यालयसंचालन नगर्न निर्देशन दिएको छ । ‘बिद्यार्थीहरुको बार्षिक परीक्षा नजिकिदै आईसक्यो केही विषयहरुको कोर्ष नै सकिएको छैन, ढुंगाकै कारण विद्यार्थीको पढाईमा बाधा पुगेको’ शंकर माविका शिक्षक सुजनबहादुर विष्ट बताउछन् । दैनिक साढी बढी विरामी आउने १ र २ वडा को एक मात्र स्वास्थ्य संस्था समेत प्रभावित भएको छ । आफ्नै भवनमा स्वास्थ्य सेवा दिईरहेको स्वास्थ्य चौकी हाल खुल्ला ठाउँमा सेवा दिन बाध्य भएको स्वास्थ्य चौकी प्रमुख सुरेन्द्र धामी ले बताएका छन् ।

यता गाउपालिका प्रमुख डम्बर शाहीले भिमकाया ढुंगा डिस्पोजलका लागि जिल्ला प्रशासन मार्फत तत्काल गृहमन्त्रालयलाई पत्राचार गरी गृहमन्त्रालयले प्रक्रिया अगाडी बढाउन रक्षा मन्त्रालयलाई अनुरोध गरेकाले रक्षामन्त्रालयबाट निर्देशन आउदासाथ हुम्ला कर्णालीकरिरोड निर्माणको जिम्मा पाएको नेपाली सेनाले भिमकाया ढुंगा टुक्राउन बिस्फोटको काम थाल्ने बताएका छन् ।


‘त्यहाँ सम्मको लागि स्थानीयलाई सुरक्षित रहन सूचना जारी गरिएको र आउन सक्ने सम्भाबित विपत ब्यवस्थापनका लागि विपत ब्यवस्थापन टोली समेत सम्बन्धीत ठाउमा तैनाथ गरिएको’ गाउपालिका प्रमुख शाहीले बताए ।

असुरक्षाका डरले घरबाट विस्तापीत हुन बाध्य परिवारहरुलाई त्रिपालको ब्यवस्थाको लागि नेपाल रेडक्रस संग आग्रह गरिएको तर कार्यालयबाट केही प्रतिक्रिया नआएकाले तत्काल आफन्तको घर तथा गोठखरकमा बस्न सुझाईएको १ नं. वडाका, वडा अध्यक्ष भरत बिकले जानकारी दिएका छन् । प्रभावित स्थानीयबासी भने स्थानीय प्रशासन केवल रमितेमात्र भएको भन्दै यसरी विलौना समेत पोखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला