२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

शिवालयमा भक्तजनको भीड

२० फाल्गुन २०७५, सोमबार ०९:०२

फागुन २०, बैतडी | महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो । 

यसैगरी खोड्पे, सनशेरीमाडौँ, शङ्करपुरलगायत शिवमन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ईश्वरी गङ्गा धाममा रुद्राभिषेकसहित मेला लागेको स्थानीयवासी कर्णबहादुर चन्दले जानकारी दिनुभयो । 

मेलाभार शिवालय क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । यसैबीच मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

शिव उत्पत्ति भएको रातको सम्झनामा नामकरण गरिएको महाशिवरात्रिका अवसरमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्षको फागुनकृष्ण चर्तुदशीका दिन यो पर्व मनाउने चलन चलेको हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो