Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शिवालयमा भक्तजनको भीड

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, बैतडी | महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो ।

यसैगरी खोड्पे, सनशेरीमाडौँ, शङ्करपुरलगायत शिवमन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ईश्वरी गङ्गा धाममा रुद्राभिषेकसहित मेला लागेको स्थानीयवासी कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

मेलाभार शिवालय क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । यसैबीच मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

शिव उत्पत्ति भएको रातको सम्झनामा नामकरण गरिएको महाशिवरात्रिका अवसरमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्षको फागुनकृष्ण चर्तुदशीका दिन यो पर्व मनाउने चलन चलेको हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । रासस