2026-09-14 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्यका दुई दर्जन भवन बन्दै

फागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसूति सेवा केन्द्रका भवन निर्माण गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । त्यसका लागि रु २० लाखका दरले बजेट विनियोजन भए पनि भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन । 

चालू आर्थिक वर्षमा दशरथचन्द नगरपालिको वडा नं १० स्थित रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा, सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नं २ को कफलकोट र वडा नं ७ को चडेपानीमा ती केन्द्र निर्माण गरिने भएको हो । 

यसैगरी डिलाशैनी गाउँपालिका वडा नं ६ को गोकुलेश्वरमा वडा नं ७ को धामीगाउँमा, पुरचौँडी नगरपालिका वडा नं ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका वडा नं २ र सिगास गाउँपालिकाको वडा नं ७ न्वाघरमा पनि उक्त केन्द्र निर्माण गरिने भएको छ । 

यस्तै चालू आर्थिक वर्षमै तीन सामुदायिक स्वास्थ्य एकाइ निर्माण हुनेछन् । सुर्नया गाउँपालिका वडा नं ४, डिलाशैनी–५ नगराउँ र पञ्चेश्वर–४ निङलाडमा सामुदायिक स्वास्थ्य एकाइका भवन निर्माण हुने उक्त कार्यालयले जनाएको छ । सामुदायिक स्वास्थ्य एकाइका लागि रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ । 

यसैगरी दशरथचन्द नगरपालिका–१ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका–१ र सिगास गाउँपालिका वडा नं ३ मा स्वास्थ्यचौकी भवन निर्माण चालू आर्थिक वर्षमै शुरु हुने बताइएको छ ।स्वास्थ्य एकाइ नहुँदा यहाँका बासिन्दा उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य कार्यालयमै आउनुपर्ने बाध्यता छ । देश सङ्घीय संरचनामा गइसकेपछि पनि जिल्लाका विभिन्न वडा स्वास्थ्य एकाइ बनेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले