2026-09-13 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जोखिम न्युनिकरणको लागी महाराजगञ्जमा विद्युतको नयाँ सवस्टेसन

माधव बेल्वासे | चैत्र १, कपिलवस्तु | नेपाल बिद्युत प्राधिकरणले जोखिम न्युनिकरण गर्न कपिलवस्तुको महाराजगंञ्ज नया सवस्टेसन संचालनमा ल्याएको छ । बिद्युतमा जोखिम न्युनिकरण र लोड ब्यवस्थापन प्रणाली लाई समयानुकुल, मजबुत र भरपर्दो बनाउने कार्यलाई आधुनिकरण गर्ने उद्देश्यले सो सव स्टेसन संचालनमा ल्याएको हो । नेपाल विद्युत प्रविधिकरणले बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना मार्फत पुरानो बितरण प्रणाली स्तरोन्नती र नयाँ बितरण प्रणालीको निर्माण काय सुचारु गरिरहेको छ ।

नेपालमा बिभिन्न स्थानमा बितरण गरिएका बितरण प्रणालीमा देखिएका समस्या समाधान गर्न एसियाली बिकाश बैङ्कको आर्थिक सहयोगमा ११ वटा सबस्टेसनको स्तरोन्नती र  २५ वटा नया सबस्टेसन र त्यस सबस्टेसन संग सम्बन्धित बितरण प्रणाली सुधारगर्ने लक्ष्य अनुसार ११ वटा सबस्टेसनको स्तरोन्नतीको कार्य सम्पन्न भईसकेको नेपाल विद्युत प्राविधिकरण कार्यलयले जनाएको छ ।

नया निर्मणहुने २५ वटा सबस्टेसन हरुको निर्माण कार्य अन्तिम चरणमा रहेको छ  । २५ सबस्टेसन अन्तरगत कैलालीको हसुलिया, झापाको घैलाडुब्बा र कपिलवस्तुको महाराजगञ्ज सबस्टेसन संचालनमा आएको आयोजना प्रमुख बोधराज ढकालले वताए । अन्य केही दिनमा थप सबस्टेसन हरु संचालनमा आउने र ट्रान्सफर्मर जडान,नया बितरण लाईन निर्माणको को कार्य समेत छिटै सकिने उनले वताए । पुर्वी नेपालमा बन्ने १३ वटा र पश्चिम नेपालमा बन्ने १२ वटा गरी जम्मा २५ वटा सबस्टेसन को सिभिल र बिद्युतिय सँरचना निर्माणको कार्य अन्तीम चरणमा रहेको र अब टेष्टिङ र परिक्षणको कार्य जारी रहेको जानकारी परामर्सदाता कम्पनी  बुटवलका डिभिजन प्रमुख सञ्जय यादबले बताउनु भयो ।वाकि गोरखाको पालुङटार, डोटीको बिपी नगर, मोरङको कटहरी र झापाको जुरेपानी सबस्टेसन चालु जनाए ।

कपिलबस्तु जिल्लाको मध्य भागमा रहेको महाराजगञ्ज नगरपालिका को सबै भाग र महाराजगञ्ज दक्षीणका भागमा रहेको भोल्टेजको समस्या यो सबस्टेसन सँचालन पछी पुर्ण रुपमा समाधान हुने नेपाल विद्युुत प्राविधिकरण कृष्णनगर बितरण केन्द्र प्रमुख लक्ष्मी केशर आगन्जा ले वताए । 

चन्द्रौटा ग्रिड सबस्टेसन देखी बितरण भएको ११ के.भी. बितरण लाईनमा अत्यधिक लोड रहेको आगन्जाले वताए। । उनले भने  –“लाईनको लम्बाई ३५ किलोमिटर भन्दा बढी रहेको कारण सामान्य समस्या आउदा समेत उक्त लाईन बन्द हुने समस्या को अन्त्य हुने छ” । नया सवस्टेसन निमार्णले १० हजार उपभोक्ता र अन्य उपभोक्तालाई प्रत्यक्ष फाईदा हुने आगन्जाले दावी गरे । नया सवस्ेटसनले न्युन भोल्टेजको समस्या समाधान हुनुका साथै बितरण प्रणाली थप सुरक्षित र भरपर्दो हुने जनाइएको छ ।

बिद्युतिय जोखिम न्युनिकरणको अवधारणा अनुसार निर्माण गरिएको उक्त सबस्टेसन उपकरण हरु बितरण गरिएको लाईनमा सामान्य जोखिम युक्त समस्या देखिएमा स्वचालित रुपमा बन्द हुने बताईएको छ । महाराजगञ्जमा निर्माणकार्य पुरा भइ परिक्षण प्रसारण गरिएको उक्त सबस्टेसन हातामा कन्ट्रोल भबन १, कर्मचारी आवास भबन १ र गार्ड भबन १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले