२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाउँपालिका भवन निर्माण कार्य जारी

२०७५, २ चैत्र शनिबार ०९:३५

चैत २, बैतडी | बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । बाह्र कोठाको भवनसँगै एक सभाहलसमेत निर्माण गरिने भएको छ । हाल भुईंतला निर्माण कार्य सम्पन्न गरिसकेका छौँ उहाँले भन्नुुभयो, “अबको एक वर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुन्छ ।” 

गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाइ भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसँगैको कोठा भाडामा लिएर सेवा दिइरहेको छ । 

रु एक करोड ५० लाखको लागतमा बन्न लागेको उक्त भवन निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिगास गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला