२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ११ घर ५ गोठ जलेर नष्ट, ५४ लाख बराबरको क्षति

८ चैत्र २०७५, शुक्रबार १४:४४

माधव बेल्वासे | चैत ८, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकामा एक हप्ताको अवधिमा एक दर्जन वढी घर जलेर खरानीमा परिणत भएका छन ।  शुक्रबार दिउँसा वडा नं. ६ पैकिबण्डामा भिषण आगलागी भएको छ ।  आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएको छ । अपरान्ह २ वजेवाट सुरु भएको आगो करिव २ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीमा परि स्थानिय सनाउल्ला मियाँ घाइते भएका छन ।

बुधइ कुर्मिको घरबाट सल्किएको आगोले बहाव मुसलमान, इलाकत मुसलमान, हदिस मियाँ, राहत मियाँ, अब्दुलगनी मुसलमान भगौतीपाल, अब्दुल कलाम, सनलाउल्ला मुसलमान, बर्मा कुर्मी,किसलावती कुर्मिको घर जलेर नष्ट भएको छ ।

सोहि आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार,कोदइ कुर्मि, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ ।  आगलागीमा घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । आगलागीमा १ गाईको जलेर मृत्यु भएको छ भने २ वटा गोरु आगोमा परि घाइते भएका छन ।


आगो निभाउने क्रममा घाइते भएका सननउल्लाको बहादुरगंज अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, तौलिहवा र कृष्णनगर नगरपालिकाका दुई दमकल र स्थानियको सहयोगले नियन्त्रणमा लिइएको हो ।

चर्को गर्मि र हावाहुरीका कारण बुधइको घरबाट सल्केको आगोले छिनभरमा नै गाउँ खरानी बनाएको हो । गत चैत्र १ गते शिवराज नगरपालिका १ बनकसका ४ घरहरु जलेर नष्ट भएका थिए ।

शुक्रवार भएको आगलागी स्थलमा  प्रतिनिधि सभा सदस्य  अभिषेक प्रताप शाह,प्रदेश सभा सदस्य अर्जुन कुमार केसी पुगेका छन  । वाक्लो बस्ती, फुस र खरका घरहरुमा गर्मीमा आगलागी हुने गरेको शाहले बताए । आगलागी पिडितहरुको राहतका लागी आफुले पहल गर्ने र पिडितलाई नआतिन सासद शाहले आश्वासन दिए ।

घटना स्थलको अवलोकन गदै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले आगलागीका घटना दुखत पूर्ण भएको बताए । गर्मि र हावहुरी चलेको बेला होसियारी नअपनाउदाँ सानो आगोको झिल्को गाउँ नै सखाप हुनु निकै पिडादायी र दुखत भएको बताए । पिडित परिवारलाई पुन ओतको व्यवस्था गर्न स्थानिय तह र प्रदेशबाट राहतका लागी आफुले तत्काल पहल गर्ने के.सी.ले जनाए ।

पिडित परिवारका लागी नगरपालिकामा रहेको विपद व्यवस्थापन समितिको तर्फ तत्काल राहत उपलब्ध गराइने नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।बर्षेनी हुने आगलागीका घटनालाई कम गर्न नगरपालिकाले यस बर्ष खर छानो मुक्त गरी जस्ताको छानो लगाउने कार्यक्रम वडा नं. ८ बाट थालनी गर्ने समेत अधिकारीले जनाए ।


 आगो निभाउन पुगेका व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बर्षेनी गर्मियाम हुने यस्ता आगलागीका घटनाबाट बच्न खरको छानो मुक्त घर बनाउनु पर्नेमा बताए । समयमा नै दमलकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा आएकोले अझ धेरै क्षति हुनबाट जोगिएको पोखरेलले बताउ ।

 पिडितहरुको क्षतिको विवरण संकलन गर्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँले पिडित परिवारको राहतका लागी वाणिज्य संघले पहल गर्ने जनाए । आगोले घर गोठ जलेर नष्ट भए पनि हौसला र धैर्यता कायम राख्न उनले पिडित परिवारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने