2026-09-13 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

माधब बेल्बासे | चैत्र १७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम थारुका छोरा २२ वर्षीय सनी थारु रहेका छन् । गत राति करीब १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४१२६ नम्बरको ट्रक जिल्लाको चन्द्रौटा खसी बजारस्थित राजस्व चेकप्वाइन्टमा रोकिएको थियो । लु ४८ प ६९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारुलाई सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले