2026-09-14 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गर्भवती र सुत्केरी महिलालाई “वडा कार्यलयको केसेली”

कृष्ण बिष्ट | चैत्र १७, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले गर्भवती र सुत्केरी महिलाहरुलाई  “वडा कार्यलयको कोसेली” प्रदान गरेको छ । वडा भित्र रहेका ४६ जना सुत्केरी तथा  गर्बवती महिलाहरुलाई  वडा कार्यालयको तर्फबाट पोषणयुक्त कोशेली वितरण गरिएको हो । 

आमा र बच्चाको स्वास्थ्यमा सुधार आओस भन्ने हेतुले पोषणयुक्त खानेकुराहरु र सरसफाइका समाग्रीहरु बितरण गरेको वडा नं ९ का अध्यक्ष एवम पाटन नगरपालिकाका नगर प्रबक्ता लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । सुत्केरी भएको ६ महिना पुगेका आमा र गर्भवपतीहरुलाई १ किलो घिउ, १ क्रेट अण्डा, अयोडिन नुन र साबुन प्रदान गरीएको उहाले बताउनुभयो । 

सुत्केरी  महिला र गर्भवती महिलाहरुले पोयष्णयुक्त खानेकुरा र सरसफाईका विभिन्न सामग्री प्राप्त गरेपछि खुसी भएका छन । आमा र बच्चाको स्वास्थ्यमा सरसफाइका समाग्री बितरणले फाइदा पुग्ने भएकाले खुसी लागेको वडा नं ९ स्थित धारापनीकी उर्मा बिकले बताउनुभयो ।  वडा कार्यालयको तर्फबाट स्वास्थ्य सम्बन्धिका यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्नेमा उहाको जोड थियो ।  

बैतडीको सन्दर्भमा चैत्र महिना दिदि बहिनीहरुलाई भेटघाटको महिना समेत भएकाले यो अवसरमा गर्भवती र सुत्केरी आमाले वडा कार्यालयको कोसेली प्राप्त गर्दा खुसी भएका हुन । यस कार्यक्रममा सुआहाराको प्राबिधिक सहयोग रेहेको जनाइएको छ । 

आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनको लागि यस वडा लाई कुपोषण मुक्त वडा बनाउन नया अवधारणा अघि सारेको पनि वडा अध्यक्ष भण्डारीले बताउनुभयो । 

यस्तै आज भएको वडा कार्यालयको कोसेली बितरण कार्यक्रममा वडा भित्रका ५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि सम्मान गरिएको छ । वडाभित्र सुत्केरी र गर्भवति महिलाहरुको तथ्याङ संकलनमा सहजिकरण गरेकाले  प्रोत्साहन स्वरुप दोसल्ला ओडाएर सम्मान गरिएको  हो । 

माथिको तस्बिरमा: समाबेस गरीएको पोषणयुक्त खानेकुरा र सरसफाइका समाग्री बितरण गरीदै: कृष्ण बिष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले