२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मृत्यू पर्खदै बैतडीका गोबिन्द सिंह धामी, प्राण रक्षाको याचना

२०७५, १८ चैत्र सोमबार ०७:३४

नरी बडु | चैत्र १८, बैतडी | आर्थिक अभावमा आफुले मर्ने दिन गन्दै बस्दा कस्तो होला ? यो हरेक कसैले पछि सोच्दा आङ जिरिङ्ग हुन्छ र झट्ट पत्याउन पनि गाह्रो हुन्छ । तर बैतडीको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका गोबिन्दसिह धामी उपचार गर्न पैसा नहुदा आफ्नो मृत्यूका दिन गन्दै बसिरहेका छन् । 

अपाङ्गताका कारण आफ्नो शब्दहरु कसैसंग व्यक्त गर्न नसक्ने गोबिन्दको टाउको मा क्यान्सरको समस्या छ, जसका कारण उनि मृत्यूलाई पर्खि बसिरहेका छन् । बुवाआमाको साहारामा बाचिरहेका ५८ वर्षिय गोबिन्द आमाबुवा वितिसकेपछि गिट्टी र भारीको साहारामा दुई छाक धानीरहेका थिए । तर उनको टाउकोमा परेको घाउबाट भएको क्यान्सरले उनि यी सबै कामहरु गर्न सक्दैनन् अहिले । न काम गर्न सकिन्छ न कोही दाश्रो व्यक्ति साहारानै छ गोबिन्दको । 


बाच्ने आस त गोबिन्दलाई पनि छ तर उनि न आफु बोल्न सक्छन न कसैले उनलाई अहिलेसम्म सहयोग गरेको छ । गोबिन्दले व्यक्त गरेका साङ्केतिक शब्दमा उनले गरेको जिवन याचना प्रष्ट झल्किरहेको हुन्छ । उनि आफ्नो प्राण रक्षाका लागि सांकेतिक भाषामा सबैसंग आग्रह गर्छन तर उनलाई कसैलेपनि सहयोग गर्दैनन् । 

टाउकोमा भएको नाङ्गो घाउले गाबिन्द निकै समस्यामा परेको र तिनको प्र्राण रक्षाका लागि सरकार र सबैमा गाबिन्दले आग्रह गरेको स्थानीय बिरेन्द्र धामीले बताउनुभयो । 

नागरिकता र भोटरकार्ड पनि छ गाबिन्द संग गएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत पनि खसाले उनले तर आफुभने मृत्यूको दिन गन्दै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा