२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी – पञ्चेश्वर गाउँपालिका अध्यक्ष माथि आक्रमण

२०७५, १९ चैत्र मंगलवार १७:१९

नरी बडु | चैत्र १९ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आक्रमण गरी हातपात गरेको हो । 

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य किष्णसिह भण्डारीका अनुसार गाउँपालिका अध्यक्षलाई आक्रमण गर्नेमा स्थानीय बलबहादुर भण्डारी, बिरेन्द्र भण्डारी र हिक्मत भण्डारी हुन् । सदस्य भण्डारीले भने “अध्यक्ष जी माथि एकास्सी गाली गलोज गर्दै ढुंगा र लाठीले आक्रमण गरे हामिले रोक्दा हामी माथि पनि आक्रमण भयो” । 

आक्रमणबाट आफ्नो लुगा च्यातिएको र आफुलाई भिरमा फाल्न प्रयास समेत भएको पीडित गारेख बहादुर चन्दको भनाई छ । आक्रमणबाट अध्यक्ष चन्दको लुगा च्यातिनुका साथै ढुङ्गाले शरीरमा चोत समेत लागेको छ ।  गाउँपालिका अध्यक्षलाई आक्रमण गर्दा छुटाउने क्रममा पञ्चेश्वर गाउँपालिका ४ नं. वडाका वडा अध्यक्ष राज वहादुर चन्द, वडा नम्बर ६ सदस्य कृष्ण सिह भण्डारी र गोविन्द भण्डारीमाथि पनि आक्रमण भएको छ ।  


घटनापछि प्रहरीलाई खबर गर्दा २० मिनेट लाग्ने बाटोमा समेत तिन घण्टा सम्म नआएको पिडीतहरुको गुनासो छ । यता जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी नेत्रमणी गरीले भने प्रहरीलाई घटनास्थलतर्फ पठाएको र यथार्त जानकारी अउन वाकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा