पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु | चैत २४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ सौडालीमा चट्याङ लागेर दुई जना घाईते भएका छन् ।

शनिबार साँझ छुट्टा–छुट्टै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय २० वर्षिया ममता बोहरा र २२ वर्षिया तुलसी रावत घाईते भएको र उनिहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको जिल्ला अस्पताल बैतडीका अहेब हरी भट्टले जानकारी दिनुभयो ।

घाईते दुई मध्ये तुलसीको हात र छातीको भाग जलेको उहाँले जानकारी दिनुभयो ।