२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु

२०७५, २५ चैत्र सोमबार ११:०५

कृष्ण विष्ट । चैत्र २५, बैतडी । बैतडीमा बैज्ञानिक वन बयवस्थान कार्यक्रम सुरु भएको छ । बारागर सामुदायिक वन पाटन नगरपालिका वडा नं २ बाट बैज्ञानिक वन बयवस्थापन कार्यक्रम सुरु भएको हो । 

वन जंगललाई बैज्ञानिक तरीकाले ब्यवस्थापन गर्नको लागि पहिलो पटक बारागर सामुदायिक वनमा बैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम सुरु भएको सव डिभिजन कार्यलय पाटनका अधिकृत वकिल झाले जानकारी दिनुभयो । 

सामुदायिक वनलाई दिगो रुपमा ब्यावस्थापन गर्नको लागि यस कार्यक्रमले भुमिका खेल्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख वन अधिकृत केसव पारजुलीले जानकारी दिनुभयो । उपभोक्ताहरुको हितमा यो कार्यक्रम सञ्चालन गरीएकोले उपभोक्ताहरुको नै भुमिका रहने उहाले बताउनुभयो ।


वन जंगललाई बैज्ञानिक तवरले जोगाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरीने भएको छ । चरीचरण ब्यावस्थापन, काठ ब्यावस्थापन लगायत बजारीकरणमा यस कार्यक्रमले उल्येख्य भुमिका खेल्ने बताइएको छ । 

बारागार सामुदायिक वनमा  बैज्ञानिक वन ब्यावस्थापन कार्यक्र सञ्चालन भएसँगै बृक्षारोपण कार्यक्रम, माउ रुखको पहिचान, ढलापडा रुखको ब्यवस्थापन गरीने जनाइएको छ । उमेर पुगेका रुखहरुलाई कटान गरी सामुदायिक वन मार्फत नै तिनको ब्यवस्थापन गरीने बारागार सामुदायिक वनका अध्यक्ष बाशुदेव पन्तले जानकारी दिनुभयो । 

रुखहरुलाई ६ भागमा बर्गीकरण गरी प्रत्येक १०÷१० वर्षमा वालीचक्र कार्यक्रमलाई निरन्तरता दिइने सव डिभिजन कार्यलय पाटनका अधिकृत वकिल झाले बताउनुभयो । बैज्ञानिक वन ब्यावस्थापन कार्यबिधि २०७० को अधिनमा रही आवस्यक कार्यक्रमहरु सञ्चालन गरीने उहाको भनाइ छ । 

बैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम सञ्चालन भएको बारागर सामुदायिक वनमा प्रत्येक दश दश वर्षे कार्यमक्रहरु सञ्चालन गरीने बारागर सामुदायिक वन पाटन २ का अध्यक्ष बशुदेव पन्तले जानकारी दिनुभयो । सामुदायिक वनलाई स्तरोउन्नती गर्नको लागि सो कार्यक्रम लागु भएको हो । सामुदायिक वनका उपभोक्ताहरुलाई समाजिक, आर्थीक र बाताबरणिय फाइदा पुग्ने  बिश्वास गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला