२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

ऊ बेला पुच्छरमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै

२०७६, ७ बैशाख शनिबार ११:५९

दलसिंह गिरी । बैशाख ७, कालिकोट । जिल्लामा रहेका स्थानीय तहरुको समग्र विकासको अवस्था सूचिको पुछारमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पश्चात चुनिएका नयाँ जनप्रतिनिधिहरुको क्रियाशिलता र विकास संग सरोकार राख्ने निकायहरुको सक्रियताले विकासमा अब्बल बन्दै गएको हो । 

संघको स्थानीय विकास मन्त्रालय र कर्णाली प्रदेश सरकारले समेत प्रशंसनीय प्रगति गरेको भन्दै प्रशंसा गरेको पलाता गाउँपालिका अहिले गाउपालिकाका पुरै बस्तीहरुमा विद्युत पहुँच पुर्याउने लक्ष्य लिई अभियान अन्तिम चरणमा पुर्याएको छ ।  


करिव २ हजार ७ सय घरधुरी रहेको पलाँता गाउँपालिकाले यसै वर्ष पलाँताका सबै घरधुरीमा विद्युत सेवा पुर्याउने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाले विद्युत सेवा पलाँताका सबै घरधुरीमा पुर्याउने भएको हो ।

गाउँपालिकाले आफ्नै भु–क्षेत्रमा ५ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याई करिव २ सय ३० किलोवाट विद्युत उत्पादन गरी विद्युत सेवा बिस्तार गरिरहेको छ । पलाँता विकास निर्माण कार्यदल परिचालन गरी गाँउपालिकाले विद्युत सेवा विस्तार गरिरहेको हो ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले यसै वर्ष विद्युत घर–घरमा पुर्याउने लक्ष्य अनुसार विद्युतमा मात्र ८० जनाको विकास निर्माण कार्यदल खटिएको बताएका छन् । गाउँपालिकाले पालिका स्तरमा छुट्टै उर्जा शाखा स्थापना गरी मर्मत सम्भार कोषको व्यवस्थापन समेत गरेको बमले बताएका छन् ।

स्थानीय उपभोक्ता समितिको अगुवाइमा कार्य सञ्चालन गरिएको विद्युत सेवा बिस्तार अभियान स्थानीय जनराज बम, कर्मसिह बुढा र कलबहादुर बमलाई प्रमुख जिम्मेवारी दिईएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताएका छन् ।

पलाताका प्रमुख ५ लघुजलविद्युत आयोजना

दुर्सिखोला लघु जलविद्युत आयोजनालाई पलाँताको सबैभन्दा ठूलो लघु जलविद्युत आयोजनाको रुपमा लिईएको छ । १ सय किलोवाट क्षमताको उक्त आयोजनाबाट पलाँताका १, २, ३, र ८ नं. वडाका सबै घरधुरीमा विस्तार भइहरेको छ । यस्तै २१ किलोवाट उत्पादन क्षमता भएको दाम्रीगाड लघु जलविद्युत आयोजना वडा नं. ९ का सबै घरधुरीमा बिद्युत सेवा बिस्तार भैसकेको छ । ७० किलोवाट उत्पादन क्षमता भएको औलाखोला लघु जलविद्युत आयोजना वडा नं. ४, ५ र ६ का सबै घरधुरीमा विस्तार भएको छ । यस आयोजनाको ७० किलोवाट विद्युत उत्पादन भैरहेपनि हाल ३० किलोवाट मात्र खपत भैरहेको वडा नं. ४ का अध्यक्ष ऐनराज महताराले बताएका छन् ।  

यस्तै ३५ किलोवाट क्षमता भएको घुचिखोला लघु जलविद्युत आयोजना वडा नं. ७ का दुर्सि, दैनिकर र फागोटीका बस्तीमा विस्तार भैरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । लेकालिभेगमा मौसमी बस्तीका रुपमा बसोबास गर्ने बासिन्दाहरुका लागि ४ किलोवाट क्षमता भएको तलसेरी मेट्रोहाइडो आयोजना संचालन गरी करिव २ सय मौसमी बस्तीहरुमा बत्ती बाल्ने अभियान जारी रहेको गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीलबताएका छन् । बर्षाको समयमा यहाँका किसानहरु स्याउ, आरु, नास्पती, आलु, सिमी लगायतका बालीहरु कुर्न लेकतिर बसाइ सार्ने गर्दछन् उनीहरुलाई लक्षित गरी यो आयोजना अगाडी बढाईएको भण्डारीले बताएका छन् । 

पलाँता समृद्धिका ५ महत्वपूर्ण कार्यको थालनी

गाउँपालिकाले पलाँता समृद्धिका लागि ५ महत्वपूर्ण कार्यको थालनी गरेका छ । घर–घरमा शुद्ध खानेपानी, सबै वडामा सडक, एक टोल एक बगैचा, प्रत्येक वडामा सामुदायिक स्वास्थ्य इकाई र सबै घरमा उज्यालो ।

‘यी सबै कार्यहरु ५ वर्ष भित्र पूरा हुन्छन्, हामीले त्यही स्पिरिटमा काम गरिरहेका छौँ, हामीलाई प्रदेश सरकारको समेत महत्वपूर्ण सहयोग छ,’ गाउँपालिका अध्यक्ष बमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला