2026-08-21 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिर्चैयामा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

राम नारायण पंडित, बैशाख ११, सिरहा । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । 

अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो । लुकेर रहेका प्रतिभाहरुलाई देखाउँदै युवायुबतीहरुको साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउँनु ईभेन्टको मुख्य उदेश्य रहेको उनले बताए । उनले भने, “यो ईभेन्ट सफतापुर्बक सम्पन्न भयो, अगामी दिनमा पनि हामी यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न आउने छौ, अहिले पनि हाम्रो समाजमा धेरै प्रतिभाहरु लुकेर बसेका छन्, त्यसलाई पहिचान गरी उचित स्थान दिलाउँन हामी प्रयास जारी राखेका छौं, ईभेन्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।”

एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा क्षेत्र नं. ४ को “क” प्रदेश सभा सदस्य दिलिप साह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघका अध्यक्ष हरिशंकर साह, अतिथिका रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ६ का अध्यक्ष देबकृष्ण साह, संघिय समाजबादी फोरम नेपालका नेतृ शोभा मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रम राजभण्डारी लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।

ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध