२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुकुम्बासी दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास

२०७६, १३ बैशाख शुक्रबार १३:३३

वैशाख १३, कालिकोट । महावै गाउँपालिका–२ ओदाका तीन समाजसेवीले भूमिहीन २१ दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास गरिदिएका छन् । मनबहादुर सिंह, हर्कबहादुर सिंह र कर्णबहादुर सिंहले पुस्तौँदेखि अर्काको जग्गामा बस्दै आएका दमाईं थरका स्थानीय २१ दलित परिवारलाई जग्गा पास गरिदिएका हुन् ।

कर्णबहादुर कालिकोटका सामाजिक अभियन्ता हुन् । दलित बस्तीमा चर्पी बनाउन आग्रह गर्दा उनीहरूले जग्गा नभएको बताएपछि कर्णबहादुरले जग्गा दिलाउन पहल गरेका थिए । कर्णबहादुरको पहलमा आफूहरूले जग्गा पाएको भद्रे दमाईंले बताए । ‘हामीसँग चर्पी बनाउनसमेत जग्गा थिएन,’ उनले भने, ‘कर्णबहादुर सिंह त हाम्रा लागि भगवान् हुन् ।’ मनबहादुर र हर्कबहादुर उनका काका हुन् ।

जग्गा पास गर्दा लागेको मालपोत रसिद, जग्गाको कर र नामसारीको रकम पनि उनीहरूले नै तिरिदिएका छन् । जग्गा पास गर्ने क्रममा जिल्ला मालपोतमा लागेको रकम पनि दलित परिवारलाई तिर्न नलगाएको मनबहादुर सिंहले बताए ।  हर्कबहादुरले २० परिवारको नाममा जग्गा गइसकेको बताए । प्रतिपरिवार करिब दुई सय वर्गमिटरका दरले जग्गा पाएका छन् । उनीहरूले जिल्ला मोलपोत कार्यालयमा जग्गा पासपछि लालपुर्जा देखाएर सामूहिक तस्बिर पनि खिचाए ।

दलित परिवारलाई कित्ताकाट गरेरै जग्गा पास गरिदिएका छन् । जग्गा पाउनेमा मनजिते दमाईं, श्रीभक्त दमाईं, दुर्ग दमाईं, राधिका परियार, दिले परियार, नयाँ परियार, लल्ता दमाईं र नैनकला परियार छन् । यस्तै, लालदरी परियार, अबि परियार, दुत्कला दमाईं, भद्रे दमाईं, मानसिंह दमाईं, दीपक परियार, रन्ना परियार, मिमबहादुर परियार, मनरूपा दमाईं, राकेश दमाईं, हस्त परियार र सपुरे दमाईंले जग्गा पाएका छन् ।

कालिकोटको महावै गाउँपालिका–२ ओदामा जन्मिएका कर्णबहादुरका बुबा रेवत सिंहले निमोनियाको औषधि नपाएर ज्यान गुमाए । बुबाको निधन हुँदा कर्णबहादुर आठ वर्षका थिए । त्यसको चार वर्षपछि कर्ण मजदुरी गर्न भारत गए । जवान बुबा गुमाएका कर्णबहादुरलाई सुरुदेखि नै स्वास्थ्य क्षेत्रमा समाजसेवा गर्ने सोच जाग्यो । कालिकोटका विपन्न, दलित र अपांगता भएकालाई निःशुल्क अ‍ैषधि उपचार सेवा दिने अभियानमा लागेँ ।

अमेरिकाको ग्रिनकार्ड प्राप्त कर्णबहादुरले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने उद्देश्यले ०७० मा ‘ओदा फाउन्डेसन’ स्थापना गरेर सामाजिक अभियान चलाइरहेका छन् । यो संस्थामार्फत अहिले जिल्लाका हजार व्यक्तिको निःशुल्क औषधोपचार भएको छ भने एक सय ६१ जनालाई औषधि र निःशुल्क कृत्रिम अंग वितरण भएको छ । संस्था हाल जिल्लाका एक हजार मानिसको निःशुल्क औषधि उपचार गरेको भने अपांगता भएका एक सय ६१ जनाको औषधि निःशुल्क कृत्रिम अंग दिएको छ ।

‘कालिकोट खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ । तर, चर्पी बनाउने जग्गासमेत नभएका दलित परिवार देखेपछि केही गर्ने सोचेँ’ उनले भने । काका मनबहादुरसँग सल्लाह गरेँ । हाम्रो सगोलको जग्गा काका मनबहादुरकै नाममा थियो । उहाँ पनि दलित परिवारलाई जग्गा दिन मञ्जुर भए पछि उक्त जग्गा दलित परिवारका नाममा पास गरिदिएको उनले बताए । प्रतिपरिवार झन्डै दुई सय वर्गमिटरका दरले जग्गा दिने व्यवस्था मिलाइदिएको उनले बताए । ‘जग्गाको लालपुर्जासमेत दिएका छौँ । अब जनता आवास कार्यक्रमबाट दलित परिवारलाई घर बनाउने पहल गर्छु’ उनले भने, ‘चर्पी र खानेपानीको व्यवस्था गर्ने तयारी पनि थालेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली