<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
2026-07-11 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भोकमरी विरुद्ध खाद्य कचहरी

2019-05-01

बैशाख १८, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकामा भोकमरी विरुद्ध खाद्य कचहरी संचालन गरिएको छ । भोकमारीको चर्को मार खेप्दै आएको पलाँतामा पहिलो पटक खाद्य कचहरी गरिएको हो ।


पलाँता २ को राडेनेटामा संचालन गरिएको खाद्य कचहरीमा स्थानीय जनप्रतिनिधि, शिक्षक, बालकल्व युवा कल्व महिला तथा बालबालिकाको सहभागीता रहेको थियो । खाद्य कचहरीमा खाद्य असुरक्षा बढ्दै गएकाले खाद्य सुरक्षाका लागि ७ बुदे खाद्य सुरक्षा प्रतिबद्धता सहित वडा स्तरिय खाद्य सुरक्षा समिति गठन गरेको वडा नं. २ साउनी विकले बताए । 

के के हुन् खाद्य असुरक्षाका कारण

भौगोलिक विकटता, सिंचाईको अभाव, खानेपानीको अभाव, खेती योग्यजमिनको कमी, परम्परागत खेती प्रणाली, उन्नत बीउबिजनको अभावले खाद्य असुरक्षा भएको स्थानीयले बताएका छन् । भिरालो जग्गाजमिन, अधिकांश समुदायको बजारमा पहुँच नहुनु, बेरोजगारी समस्या, मौसमी बसाइसराई, खान पिनमाआएको क्रमिक परिवर्तन (रोटी भन्दा बढी भात मनपराउनु) स्थानीय उत्पादनको उपयोगमा कमी लगायतका कारण खाद्य असुरक्षा बढेको हो । त्यस्तै जनचेतनाको कमी, स्रोत साधनको अभाव, अध्ययन तथा अनुसन्धानको कमी, दक्ष कृषि प्राविधिकहरूको अभाव, शिक्षा, स्वास्थ्य क्षेत्रमा न्युन पहुँच हुनु, बड्दो जनसंख्या, कृषि क्षेत्रमा ब्यवस्थित लगानीको कमी, सुख्खा खडेरी खाद्य असुुरक्षाकामूल कारण भएको स्थानीयले निष्कर्र्ष निकालेका छन् । खाद्य असुरक्षाले महिला बालबालिका र किशोरीहरुको स्वास्थ्य शिक्षामा प्रत्येक्ष असर परेको पलाँताका स्वास्थ्य संयोजक हिमाल सञ्यालले बताए ।

खाद्य असुरक्षा न्यनीकरण गर्न स्थानीयले सामुहिक छलफगरी ७ बुदे कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् ।

के छ स्थानीयको प्रतिवद्धता पत्रमा ?

१.खाद्य सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने र पानीका मुहानहरुको संरक्षणगर्न वृक्ष रोपण, सामुदायिक बन घेरबार गरी यसबाट कृषिउत्पादनमा बढी भन्दा बढीलाभ लिने नीति अवलबबन गर्ने ।

२.खाद्यान्न अभावको कारणले गर्दा बालबालिका, किशोरी र महिलाहरुमा परेको प्रभाव न्युुनिकरण गर्न महिलाहरुलाई आर्यआर्जनमा टेवा पुग्ने गरी फलफूल तथा नगदेवालीमा संलग्न गराउन वडा स्तरमा योजना तर्जुम्मा गर्दा समावेश गर्ने ।

३.शिक्षाको अवसरबाट बन्चित किशोरीहरुलाई पुनःविद्यालय पठाउनका लागि उनीहरुका आमाहरुलाई आय आर्जनका क्रियाकलापमा सहभागि गराउन सहयोग गर्ने, गराउने ।

४. बहिष्करणमा परेका वा पारिएका किशोरी, महिला लगाएत अन्य व्यक्तिहरुलाई वडामा गरिने सम्पुर्ण कार्यक्रमा अर्थपूर्ण सहभागिताको लागि सुनिश्चितगर्ने, गराउने ।

५.स्थानीय रुपमाभए गरेका खाद्य सुरक्षा सम्बन्धि असल अभ्यासलाई संरक्षण गर्न प्रोत्साहित गर्ने र आकाशे पानी संकलन, अन्नत बीउविजन, आधुनिक कृषि प्रणलीमा जोड दिने ।

६. प्रत्येक वडाले टोलमा कम्तिमा ९ वटा खाद्यकचहरी बार्षिक रुपमा सञ्चालन गर्ने ।

७. पलाँताका सबै वडामा टोलका प्रत्येक घर परिवार जम्मा गरी खाद्य कचहरी मा भएका प्रतिबद्धताहरु आदान प्रदान गर्ने र टोलमा समेत खाद्य कचहरी संचालन गर्ने गराउने ।

७ बुदे प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमन गर्न यमप्रसाद न्यौपानेको संयोजगत्वमा ३ सदस्यीय अनुगमन समिति गठन भएको छ । डेनिस रेडियोको आर्थिक सहयोग, मिसनईस्टको प्राविधिक सहयोग र किर्डाक नेपालको सहजीहरण खाद्य कचहरी संचालन गरिएको परियोजना संयोजक मनलाल जैसीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै