2026-07-11 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पलाँताका अग्निपीडितका लागि ६० लाख हस्तान्तरण

2019-05-01

बैशाख १८, कालिकोट । पलाँता गाउँपालिका–१ खाडाँका अग्निपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गत पुष ९ गते आगलागीबाट नष्ट भएका ३२ घरपरिवारलाई जनही ५ लाख रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ दिएको हो । कर्णाली प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले गाउँपालिका अध्यक्ष लक्ष्मण बम र प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बममार्फत चेक हस्तान्तण गरेका हुन् ।


प्रदेश सरकारले खाडाका आगलागी पीडितका लागि आवास बनाउन सहयोग गरेको मन्त्री भण्डारीले बताए । ‘गत पुसमा आगलागीबाट पीडित बनेकोहरुको आवास निर्माणका लागि यो रकम हस्तान्तरण गरिएको हो ।’ उनले भने, ‘एकीकृत आवासको अवधारणा अनुसार घर बन्नेछन् ।’ प्रदेश सरकारले गरेको सहयोगबाट एकिकृत बस्ती बनाउने एकै प्रकारको डिजाइनमा घर निर्माण गरिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बलमे बताए ।

‘हामी बस्तीको डिजाइन गरीसकेको छौं’ उनले भने, ‘अब तिब्र रुपमा निर्माण कार्य हुन्छ ।’ मन्त्री भण्डारीले भने, ‘पूँजीवादी कानुन एक जालो हो’ आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पुँजीवादी कानुन एक प्रकारको जालो हो भएको बताएका छन् । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय गरेको कानुन तर्जुमा तथा सचेतना सम्बन्धि अन्र्तक्रियामा सो कुरा बताए हुन् । मन्त्री भण्डारीले पुँजीवादी कानुन एक प्रकारको जालो भएको र जहाँ माउसुली उम्कन्छन, पुतली अल्झिन्ने गरेको बताए । ‘पूँजीवादी कानुनले सबैको न्याय गर्दैन’ उनले भने,‘हामी नागरिकलाई बचाउने कानुन बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै