२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समृद्धिका लागि सबै पक्षको एकता जरुरी छः अध्यक्ष शाही

१९ बैशाख २०७६, बिहीबार १६:०६

बैशाख १९, सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजीत शाही ‘आदर्श’ले कालिकोटको सुशासन, समृद्धि र बिकासका लागि सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । नेकपाको अध्यक्ष भए पछि गृह जिल्ला कालिकोट फर्किन लागेका अध्यक्ष शाहीले विहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।


रोग, भोक, गरिबी र विकटताको पहिचान भएको कर्णालीका सम्भावनाहरुको खोजी गरी समृद्ध प्रदेश बनाउन सबै पक्षको सहकार्य र एकता जरुरी भएको उनले बताए । ‘कर्णालीको पहिचान बदल्नु अहिले प्रमूख आवश्यकता हो’ अध्यक्ष शाहीले भने, ‘त्यसका लागि हामीले यहाँको सम्भावना पहिचान गरी काम थाल्नु पर्दछ ।’ सबै तहमा नेकपाको बलियो सरकार भएको भन्दै उनले सरकार सञ्चालनका लागि पार्टीले आवश्यक निर्देशन गर्नु पर्ने बताए ।

नेकपा कालिकोटको अध्यक्षको जिम्मेवारी आफ्ना लागि चुनौती र अवसर दुबै भएको भन्दै पार्टीको सुदृढीकरण र जिल्लाको बिकासका लागि आफु पूर्ण रुपमा लागि पर्ने बताए । सबै पक्षसंगको छलफल गरी उपयुक्त निर्णय गर्न आफु सजग रहेको उनको भनाई छ । पार्टीका नेताहरुबीचको गुटबन्दी अन्त्य गर्न पनि आफु लागि पर्ने शाहीको भनाई छ । ‘नेकपा अब एकल गुटमा रहन्छ’ उनले भने, ‘अबको गुट भनेको नेकपा मात्र हो, कोही व्यक्तिको गुट रहँदैन ।’ पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढिकरणको अभियान थालिने उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले कालिकोटका स्थानीय तहमा मौलाएको वेतिथी र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न भूमिका खेल्न अध्यक्ष शाहीलाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने