2026-10-31 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खाँडाचक्रको सार्वजनिक सुनुवाई

वैशाख ३१, कालिकोट । खाँडाचक्र नगरपालिकाले दोस्रो चौमासिकमा भएका प्रगती र बजेटबारे सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिकको दोस्रो चौमासिकमा सम्पन्न भएका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले आफुले गरेका गतिविधि सन्तोषजनक मात्र भएको बताएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा विकास निर्माणका प्रयासहरु भइरहे पनि विभिन्न चुनौती आएकाले बजेट अनुसारको प्रगती विवरण पाउन नसकिएको जनप्रतिनिधिको भनाई छ ।

खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीप्रसाद पंगेनीले आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकमा नगरपालिकाले अहिलेसम्म २२ करोड १८ लाख ८९ हजार २ सय ९९ मात्र खर्च गरेको बताए । नगरपालिकाको विनियोजित ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ रहेको र दोस्रो चौमासिकसम्म नगरपालिकाले ५२.४७ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको बताए ।

बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानहरुमा खानेपानी, सडक, सिँचाईलगायतका विकास निर्माणका काम गरेको नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिकाले सोचेजति काम गर्न सफल हुन सकेको छैन’ उनले भने, ‘दोस्रो चौमासिकसम्म पनि हामीले अपेक्षाकृत काम गर्न सकेका छैनौ ।’ कर्मचारीको अभाव, दरबन्दी, कानुनी अड्चन लगायतका समस्याले अपेक्षाकृत प्रगती हुन नसकेको उनले बताए ।

पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले खाँडाचक्र नगरपालिकाले जनताको माझमा देखाउन लायक योजना निर्माण र कार्यानवयन गर्न नसकेको बताए । नगरपालिकाले गर्ने योजना अनुगमनमा तेस्रो पक्षको संलग्नता हुनुपर्ने उनको भनाई छ । कार्यक्रमका सहभागीहरुले गुनासो सुन्न र सुझाव लिन सार्वजनिक सुनुवाई गरिएकोप्रति नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् भने एउटा बन्द कोठाभित्र सार्वजनिक सुनुवाई गरेकोप्रति स्थानीय मनसिंह शाहीले आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने