2026-10-31 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने

 जेठ ८, बुटवल । भरत केसी, भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार पाँच सय बिरुवा रोप्ने सहमति भएको हो । 

उक्त वृक्षरोपणको यही जेठ ४ गते बुद्धजयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । सडक सुधारका क्रममा रुपन्देही जिल्लाभित्र एक हजार ९०८ वटा रुख काटिएको थियो । त्यसको २५ गुणा बढी बिरुवा रोप्नुपर्ने वन ऐनको प्रावधानअनुसार रुपन्देही जिल्लामा कूल ४७ हजार सात सय  बिरुवा रोप्नुपर्ने छ । जसमध्ये सडक किनारमा एक हजार १८२ र बाँकी ४६ हजार ५१८ बिरुवा कोष परिसरभित्र रोपिने भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका आयोजना प्रमुख प्रदीपराज शाक्यले जानकारी दिनुभयो । 

लुम्बिनी गुरुयोजना भित्रको वृक्षरोपणलाई वातावरणीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्वको संरक्षित क्षेत्रको रुपमा सो कार्यक्रमलाई लिइने कार्यविधिमा उल्लेख गरिएको छ । वृक्षरोपण कार्यक्रममा विशेष गरी फलपूmलका बिरुवा रोपिने लुम्बिनी विकास कोषले जनाएको छ । आँप, लिची, कदम्ब, कल्की, अमला, सिमल, बरपिपल, बेल, इमली, बडहर, निम, जामुन, अमलतास, काभ्रोलगायतका बिरुवा रोपिने र यसबाट मानिसलगायत जङ्गली जीवजन्तु, चराचुरुङ्गी समेतले आहारा प्राप्त गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताउनुभयो ।

भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका निर्माण व्यवसायीको ठेक्कापट्टामा उल्लेख भएअनुसारको रकम उपयोग गरी रुपन्देही वन कार्यालयसँगको समन्वयमा कोषले वृक्षरोपण, स्याहार सम्भार र रेखदेख लगायतका काम गर्नेछ । वृक्षरोपणपछि हुर्किएका बिरुवालाई भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाको तर्फबाट रुपन्देही वन कार्यालयलाई हस्तान्तरण गरी आवश्यक प्रक्रिया पूरा गरी वन कार्यालयले कोषलाई हस्तान्तरण गर्ने डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत इन्द्रबहादुर पछाइले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने