२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने

२०७६, ८ जेष्ठ बुधबार १३:२१

 जेठ ८, बुटवल । भरत केसी, भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार पाँच सय बिरुवा रोप्ने सहमति भएको हो । 

उक्त वृक्षरोपणको यही जेठ ४ गते बुद्धजयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । सडक सुधारका क्रममा रुपन्देही जिल्लाभित्र एक हजार ९०८ वटा रुख काटिएको थियो । त्यसको २५ गुणा बढी बिरुवा रोप्नुपर्ने वन ऐनको प्रावधानअनुसार रुपन्देही जिल्लामा कूल ४७ हजार सात सय  बिरुवा रोप्नुपर्ने छ । जसमध्ये सडक किनारमा एक हजार १८२ र बाँकी ४६ हजार ५१८ बिरुवा कोष परिसरभित्र रोपिने भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका आयोजना प्रमुख प्रदीपराज शाक्यले जानकारी दिनुभयो । 

लुम्बिनी गुरुयोजना भित्रको वृक्षरोपणलाई वातावरणीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्वको संरक्षित क्षेत्रको रुपमा सो कार्यक्रमलाई लिइने कार्यविधिमा उल्लेख गरिएको छ । वृक्षरोपण कार्यक्रममा विशेष गरी फलपूmलका बिरुवा रोपिने लुम्बिनी विकास कोषले जनाएको छ । आँप, लिची, कदम्ब, कल्की, अमला, सिमल, बरपिपल, बेल, इमली, बडहर, निम, जामुन, अमलतास, काभ्रोलगायतका बिरुवा रोपिने र यसबाट मानिसलगायत जङ्गली जीवजन्तु, चराचुरुङ्गी समेतले आहारा प्राप्त गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताउनुभयो ।

भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका निर्माण व्यवसायीको ठेक्कापट्टामा उल्लेख भएअनुसारको रकम उपयोग गरी रुपन्देही वन कार्यालयसँगको समन्वयमा कोषले वृक्षरोपण, स्याहार सम्भार र रेखदेख लगायतका काम गर्नेछ । वृक्षरोपणपछि हुर्किएका बिरुवालाई भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाको तर्फबाट रुपन्देही वन कार्यालयलाई हस्तान्तरण गरी आवश्यक प्रक्रिया पूरा गरी वन कार्यालयले कोषलाई हस्तान्तरण गर्ने डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत इन्द्रबहादुर पछाइले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ