Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एक्कासि किन भेटे कृष्णनगरका मेयर शाहले पत्रकारहरुलाई

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | जेठ १६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले एकाएक विहिवार दिउसो पत्रकारहरु सग भेट गरेका छन । कृष्णनगर नगरपालिका र सोहि नगरपालिकामा कार्यरत साकिर अहमद शाहको विषयमा संचार माध्यममा समाचार आएपछि मेयर शाहले पत्रकारहरुलाई वोलाएका हुन ।

केहि दिन अघि विभिन्न अनलाईन मिडियाहरुमा नगरपालिकाका नगर प्रमुख र कर्मचारी साकिर अहमद शाह भारतिय नागरिक भएको र नगरपालिकामा आर्थिक अनियमितता भएको  भन्ने समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता भ्रामक निन्दनिय कपोकल्पीत र कार्य प्रति नगरपालिकाले घोर आपत्ति जनाएको मेयर शाहले वताए ।

नगरप्रमुख शाहले जारी गरेको प्रेस विज्ञप्तीमा  कृष्णनगर नगरपालिका प्रमुख संग भारतिय पासैपोर्ट नभएको समाचार झुटो भएको उल्लेख भएको गरिएको छ । संगै नगरपालिकामा आर्थिक अनियमितता नभएको र भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम गरिएको कोहि कसैबाट कमि कमजोरी भएको गरेको पाइएमा छानी विन गरी कानुनी कारबार्हि गरिने उल्लेख भएको छ ।  नगर प्रमुख रजतप्रताप शाह द्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिका कर्मचारी शाकिर अहमद शाह नेपाली नागरिक भएको, नगरपालिकामा कुनै आर्थिक अनियमितता नगरेको र भारतिय निर्वाचनका दिन उनी र्कालयमा हाजिर भई काम गरेको सिसि टिभि फुटेज समेत रहेकोले केहि संचार माध्यमले आवेगको भरमा आरोप लगाएकोप्रति पनि ध्यान आर्कषण भएको जनाएका छन ।

नगरमा भष्ट्रचारलाई शुन्यमा झार्न कडा निगरानी  गरिएकोले कमिशन खान पल्केकाहरुले नगरपालिका विरुद्ध अफवाह फैलाउने प्रयासमा लागेको उनले जनाए । नगरपालिकामा आर्थिक अनियमितता भएको झुटो र कपोकल्पित कुराहरु बाहिर आएको प्रति आफ्नो ध्यान आर्कषण भएको समेत उनले बताए ।

तश्वीरमा: कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह