2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित, सबै पालिकामा खाद्य बैंक स्थापना गरीने

कृष्ण बिष्ट, जेठ २८, बैतडी । बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित भएको छ । जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय,  जिल्ला समन्वय समिती, स्वस्थ्य कार्यालय तथा अन्य सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधहरुको समन्वयमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित गरिएको हो । यस प्रतिकार्य योजनामले बिपद आउनु पुर्व अपनाउनु पर्ने सावधानी र आएपश्चात प्रदान गर्नुपर्ने राहात तथा उद्धारका कार्यक्रमहरु समाबेस गरिएको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लाका स्थानिय तह तथा अन्य सरकारी तथा गैरसरकारी सस्थाहरुले बिपद आउनु पुर्व अपनाउनु पर्ने सावधानी र बिपद आएपश्चात प्रदान गर्नुपर्ने राहात तथा उद्धारको बारेमा बिपद ब्यावस्थापन सम्बन्धि बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । 

१० वटै पालिकामा आद्य बैंक स्थापना गरिने 

यसैगरी जिल्लाका सबै स्थानिय तहहरुमा खाद्य बैंक स्थापना गरीने भएको छ । बिपदमा परेका नागरीकहरुको लागि तत्काल खाद्य समाग्रीहरु उपलब्ध गराउनको लागि उद्योग बाणिज्य संघद्धारा नागरपालिका तथा गाउपासिलकामा खाद्य बैंक स्थापना गरीन लागीएको हो । 

प्रत्येक स्थानितहमा बाढि पहिरो, भुःक्षय, आगलागी लगायतका बिपदमा परेका सर्बसाधारणहरुको लागि आवस्यक खाद्य समाग्री उपलब्ध गराउन फुड बैंंक स्थापना गरिन लागिएको जिल्ला प्रसासन कार्यलयले जनाएको छ । उक्त खाद्य बैंकबाट पिडितलाई तिन दिन सम्म खान पुग्ने खाद्य पदार्थहरु उपलब्ध गराइने जनाइएको छ । यसैगरी जिल्लामा बिपदमा परेका नागरीकहरुको लागि आवस्यक खर्च उद्योग बाणिज्य संघले बेहोर्ने भएको छ । आर्थीक वर्ष २०७६ ÷०७७ मा  बिपदमा परेका नागरिकहरुको लागि उद्योग बाणिज्य संघले ५ सय व्यक्तिका लागि १ लाख सम्म खर्च बेहोर्ने गरी जिल्ला प्रसासन कार्यालय बैतडी र उद्योग बाणिज्य संघ बैतडीबिच समजदारी भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । 

समझदारी अनुसार बिपदमा परेका नागरीकहरुलाई प्रति व्यक्तिका दरले तिन दिन सम्मका  लागि पुग्ने गरी खाद्यान्नको व्यवस्था गरिने उहाले बताउनुभयो । खाद्य समाग्री अन्तरगत तयारी खानेकुराका समाग्रीहरु रहेका छन । उद्योग बाणिज्य संघ बैतडीले खाद्य पदार्थ आपुर्तिकर्ताको छनौट पनि गरेको छ । जिल्ला भरी आवस्यक खाद्यपदार्थ पु¥याउनको लागि उत्सव सप्लायर्स बैतडीका सस्थापक उदिप प्रसाद लेखकलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले