२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बिजुली विहीन बैतडीका स्थानीय तह

३० जेष्ठ २०७६, बिहीबार ०९:०३

जेठ ३०, बैतडी । देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । देशको पुनःसरचनापछि नगरपालिका बनेका ती दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँदा यहाँका बासिन्दाले  सास्ती भोग्दै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको करीब दुई वर्ष बित्न लाग्दासमेत विद्युत्लगायत आधारभूत सेवासमेत गाउँमा पुग्न सकेको छैन ।

 जिल्लाका शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युतीकरण नहुँदा कुटानी पिसानीका  लागि मिलसम्म स्थापना गरिएको छैन । साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गराउन कठिन हुँदा पढाइमा समेत गणस्तर वृद्धि हुन नसकेको स्थानी यवासिन्दा बताउँछन् ।

जिल्लाका केही स्थानीय तहका खोलाबाट लघु जलविद्युत् सञ्चालन भए पनि पटकपटक उपकरणमा खराबी आउँदा समस्या हुने गरेको छ  । स्थानीय खोलाको बिजुली राति मात्र आउछ, पुर्चौडी नगरपालिका–१, हाटका गणेश जोशीले भन्नुभयो, “दिनमा पनि बिजुली आए विद्युत्बाट गर्ने काम सहजरुपमा हुन्थ्यो ।”विद्युत् नहुँदा केहीले सौर्य उर्जाको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट्रिय प्रसारणको पहुँच नहुँदा सौर्य उर्जाको भरमा गाउँपालिकाले  काम गरिरहेको र विजुलीको अभाबमा अरु कार्यालयका काम पनि प्रभावित भएका उहाँले बताउनुभयो ।

 मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । पुर्चौडी नगरपालिकाका वडामा  बिजुली नहुँदा सञ्चार सेवाबाट पनि वञ्चित हुने गरेका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । विद्युत् सेवा नहुँदा स्थानीय तहले कार्यसम्पादन गर्ने कामसमेत प्रभावित हुने गरेका छन् । 

 पञ्चेश्वर गाउँपालिकामा पनि सौर्य उर्जाबाट विद्युतीय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ, गाउँपालिकाका नासु कमलापति भट्टले भन्नुभयो, “पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको  छ । विद्युतीय उपकरणबाटै कामका गर्नुपर्ने भएकाले सौर्य उर्जाले धान्न सकेको छैन ।

जिल्लामा १९ वटा लघु जलविद्युत आयोजना छन् । ती आयोजनाबाट १८६ किलोवाट विद्युत् उत्पादन हुँदै आए पनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ । कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकारमय बनेका छन् । लघु जलविद्युत्बाट बिजुली बालेका सर्वसाधारण अहिले सौर्य उर्जा बाल्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएको घरमा सौर्य उर्जा बले पनि विपन्न समुदाय भने टुकी र झरोमा निर्भर छन् । लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याव, विद्यालयका कम्प्युटर पनि बन्द भएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार एक ९१ घरधुरी छ । तीमध्ये साढे १२ हजार घरमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो